सीमा समस्या समाधानका लागि गम्भीर प्रयत्न

काठमाडाैं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा समस्याको समाधानका लागि प्रयत्न गरिरहेको तर ठोस मिति तय भइनसकेको बताउनुभएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा भारतसँग औपचारिक वार्ताको मिति र मोडालिटी तय भइनसकेको बताउनुभएको हो ।

भारतले नेपालले बनाएको नक्सा स्वीकार्य नहुने र कुटनीतिक संवादबाट समस्या समाधान गर्न आग्रह गरेपनि अहिलेसम्म कुनै मिति र मोडालिटी तय नभएको मन्त्री ज्ञवालीले बताउनुभएको हो । उहाँले सरकार मिति र मोडालिटीको पर्खाइमा रहको बताउनुभयो ।

उहाँले सरकार वार्ताबाटै समस्या समाधान गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको समेत बताउनुभयो । उहाँले सिंगो देश एकबद्ध भएको अवस्थामा सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउन दृढताका साथ काम गरिराखेको र त्यसमा शंका नगर्न सांसदहरुलाई आग्रह गर्नुभएको थियो । संसदहरुले भने वार्ताको मिति र मोडालिटी अझैपनि तय हुन नसक्दा लामो समयसम्म भूमि फिर्ता हुन नसक्ने भन्दै गम्भीर हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोल्टी होटलका ५५ जना कर्मचारीलाईपनि क्वारेन्टाइनमा राखिएको छ ।

आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

काठमाडौं। अब मास्क नलगाई हिड्नेहरु पक्राउ पर्ने भएका छन् । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन…

काठमाडौं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले असार २२ गते अर्थात आज बोलाइएको नेकपा स्थायी समिति बैठक २४ गतेसम्मका…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले आफूहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मात्रै…