रुकुम घटना : पोष्टमार्टम रिपोर्टमा पाँचै युवाको कुटपिटबाट मृत्यु भएको देखियो

काठमाडौं । रुकुम घटनामा मारिएका ५ जना युवाको पोष्टमार्टम रिपोर्ट कुटपिटबाट नै भएको देखाएको छ। पाँचै जना युवकको मृत्यु कुटपिटबाट भएको जाजरकोट अस्पतालका चिकित्सकले ठहर गरेका छन्। मृतक सबैको टाउको, अनुहारसहित शरीरका विभिन्न अंगमा चोट देखिएको इलाका प्रहरी कार्यालय चोरजहारीका प्रहरी निरीक्षक धर्मसिंह बिष्टले जानकारी दिए।

पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार ‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ,’ भने, ‘नदीमा बगे पनि उनीहरुको पेटमा पानी भरिएको छैन।’ नदीमा डुबेर मृत्यु भएका मानिसले पानी खाएर पेट भरिएको हुनुपर्छ। तर, मारिने कुनै पनि युवामा त्यस्तो नदेखिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीकी मल्ल थरकी एक किशोरीसँगको प्रेम सम्बन्धमा रहेका जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकसहित पाँच युवाको गाउँलेले कुटेर हत्या गरेका थिए। नवराजसँगै गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार र टीकाराम सुनारको शव भेरी नदीमा फेला परेको थियो। घटनामा अर्का युवा गोविन्द शाही अझै बेपत्ता छन्। जाजरकोट अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लकडाउनका कारण चैत ११ गतेबाट सार्वजनिक यातायातहरु बन्द रहेका छन् ।

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

घाइते सबैको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले कुटपिट गरेका ६ मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सप्तरी प्रहरीमा पनि कोरोना संक्रमणको त्रास बढेको छ ।

काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधि बिक्रीवितरणमा रोक लगाएको छ । विभागले न्यून गुणस्तरको रहेको जनाउँदै लोमस फर्मास्युटिकल्स…

कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् ।