बेलबारी घटना : गला रेट्दै गरेको भिडियो खिच्ने र सञ्जालमा पोष्ट गर्नेलाई कारबाही हुने

काठमाडौं । मोरङको बेलबारीमा आमाको हत्यापछि छोराले आत्महत्या गदैं गरेको बीभत्स भिडियो खिच्ने र सामाजिक सञ्जालमा अपलोड गरेर पोष्ट गर्नेलाई कारबाही हुने भएको छ । छोराले आमाको हत्या गरेपछि छोराले धारिलो छुराले आफ्नै गला रेट्दै गरेको भिडियो अहिले युटुव, फेसबुक र टिकटकमा जताततै भेटिन थालेपछि मोरङ प्रहरीले त्यस्ता भिडियो अपलोड गर्नेलाई कारबाही गर्ने भएको हो ।

भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरी प्रमुख आइजिपी ठाकुर प्रसाद ज्ञवालीले त्यस्तो भिडियो अपलोड गर्नेलाई कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङलाई निर्देशन दिइएका हुन् । अहिले मोरङ प्रहरीले उक्त भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने सबैको विवरण सङ्कलन गर्दैछ । प्रहरीले भिडियो खिच्ने र सामाजिक सञ्जालमा हाल्ने सबैलाई पक्राउ गर्ने जनाएको छ ।

भिडियोमा आत्महत्या गर्ने व्यक्तिले छुराले गला रेट्दै गरेको दृश्य कैद गरिएको छ । जसमा अन्य केही व्यक्तिले पनि सो घटनाको भिडियो बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।