दिउँसै बत्ती बालेर विरोध

सनिउल्ला धोबी
कपिलवस्तु । दलित पत्रकार तथा अधिकारकर्मीले दलित समुदायमाथि एकपछि अर्को गर्दै श्रृंखलाबद्ध आक्रमण भइरहको भन्दै  बत्ती बालेर विरोध जनाएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपाल र दलित अधिकारकर्मीले सरकार अँध्यारोमा छ भन्दै दिउँसै बत्ती बालेर विरोध जनाएका हुन् ।

जिल्लाको चन्द्रौटामा शुक्रबार दिउँसो १ बजे देशभरका दलित समुदायमाथि घटेका घटनाको विरोधमा सरकारको ध्यानाकर्षण र दबाब सिर्जना गर्न मैनबत्ती बालिएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल ५ नम्बर प्रदेश अध्यक्ष चिन्ता परियारले जानकारी दिनुभयो । रुकुम नर संहारका साथै देशभर दलित समुदायमाथि घटेका घटनाको विरोधमा ‘सरकार उज्यालो यहाँ छ’ र ‘सरकार आखाँ खोल’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गर्दै विरोध गरिएको अध्यक्ष परियारले बताउनु भयो ।

विरोध कार्यक्रममा ऐक्यवद्धता जनाउदै दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मीना परियारले मानवता विरुद्धको अभियानमा सामेल भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘२१ औं शताब्दीमा पनि दलितमाथि दुर्व्यवहार गर्नु मानव अधिकारको हनन हो ।’

विरोध कार्यक्रममा सहभागी सहज नेपालका अध्यक्ष सन्जिव गहतराजले रुकुम घटना लगायत देशभर दलितमाथि भइरहेका विभेद अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । समाजिक दुरी कायम गरी विरोध प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लकडाउनका कारण चैत ११ गतेबाट सार्वजनिक यातायातहरु बन्द रहेका छन् ।

घाइते सबैको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले कुटपिट गरेका ६ मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सप्तरी प्रहरीमा पनि कोरोना संक्रमणको त्रास बढेको छ ।

काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधि बिक्रीवितरणमा रोक लगाएको छ । विभागले न्यून गुणस्तरको रहेको जनाउँदै लोमस फर्मास्युटिकल्स…

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् ।