महाकालीको मुहान लिम्पियाधुरा नै नेपालको पश्चिमी सिमाना

दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका लागि सधैँ चहर्‍याइरहने  घाउ बन्दै आएको छ । अब नेपाल सरकारले करिब  ७ दशक देखि बस्दै आएका भारतीय सुरक्षा फौज तुरुन्त हटाइ लिम्पियाधुरा, लिपुलेक, कालापानीका जनतालाई नेपालीको प्रमाण दिनुपर्छ । सबै नेपालीको साथ लिएर नेपाल सरकारले महाकाली नदीको मुहान विन्दु लिम्पियाधुरासम्म नै नेपालको उत्तर पश्चिम सीमाना कायम गरी भोग चलनमा ल्याउन सक्नुपर्छ ।

साधरणतया कुनै पनि स्थानको क्षेत्रफल छुट्याउन चारकिल्लाका रुपमा नदी, खोलानाला, उच्च पहाडका अग्ला भाग वा ऐतिहासिक चिन्हलाई नै आधार मानिन्छ । जुनसुकै स्थानको सिमाना छुट्याए पछि कि त अग्लो अग्लो निशाना दिइन्छ कि त खाल्डोद्वारा संकेत गरिन्छ । त्यसैले सिमाना छुट्याइएका आधार भनेकै पहाडका चुचुरा तथा नदी खोलानाला नै हुन्छन् । नेपाल एकीकरण हुनुअघि गोरखा राज्य पनि चेपे नदीलाई नै आधार मानेर गोरखा र लमजुङ राज्यमा विभाजन गरिएको थियो । चेपे नदीलाई नै गोरखा र लमजुङ्ग दुई राज्यको सीमाना तोकिएको थियो । काठमाडाैं उपत्यका निर्धारण गर्ने आधार पनि चारैतिरका उच्च पहाडलाई नै आधार मानिएको छ । काठमाडाैं उपत्यकामा तीन राज्य काठमाण्डौ, ललितपुर र भक्तपुरमा विभक्त हुँदा पनि बाग्मती नदी, मनोहरा नदी आदिलाई आधार लिइएको थियो ।

डिक्सनेरी अफ इन्साइक्लोपेडियाका अनुसार नदीको प्रमुख मुहान हिमशीला वा पानीका मूल फुट्ने स्थान नै हुन् । यसैगरी ठूला ठूला ताल तलैया वा कुनै ओसिलो स्थानलाई पनि हुन ।  विज्ञहरु पनि नदिको मुहान उच्च हिमशिखर, पहाडका खोच, तथा मूल फुट्ने ओसिलो स्थानलाई नै मान्छन् । नदीको नामाकरण ठाऊँ र भाषा अनुसार फरक फरक हुन सक्छ । तर नदी शुरुवात हुने मुल स्थान अर्थात् मुहानबाट नै नाम पनि निर्धारण गरिएको हुन्छ । यसका अलवा नदी संगम भएको स्थान वा विघटन भएको विन्दुबाट पनि नदिको नाम निर्धारण गरिने गरिन्छ । नदीको पूर्ण स्वरुप एक्लै वा धेरै किसिमका सहायक नदि वा खोला मिलेर बनेको हुन्छ । तर पनि नदीको मूल स्रोत स्थायी नै हुन्छ । स्थायीे मूहानबाट शुरुवात भएको नदीको जलप्रवाह अर्काे सहायक नदी खोलानालाको मिलन नहुन्जेल सम्म एउटै हुन्छ । मुख्य नदीको जलप्रवाह दर सहायक नदी वा खोलानालाको तुलनामा बढी नै हुन्छ । यसैगरी प्रमुख नदीको सबै भन्दा लामो र टाढाको मुहान बिन्दुलाई नै मुख्य शिरविन्दु मानिन्छ । ठूला नदीका मूल स्रोत हिमशिखर हुन्छन् । ठूला नदीका शिरबिन्दु हिमाली उच्च पहाड नै हुन्छन् । त्यसैले मुख्य नदीको शिरबिन्दु नैे वास्तविक र यथार्थमा नदीको स्रोत कहलिन्छ । नदीको जलप्रवाह क्षेत्र मूल स्रोतबाट जतिजति टाढा हुन्छ त्यति त्यति नदीको बाटो परिवर्तन पनि हुन सक्छ । पृथ्वीमा भूकम्प जस्ता प्राकृतिक विचलनबाट नदीको मूल स्रोतमा परिवर्तन आएको खण्डमा बरु नदीको अस्तित्व नै समाप्त भएर जान्छ । तर प्रमुख नदीको मूल स्रोत बिन्दु कदापि परिवर्तन हुन सक्दैन । त्यसैले पृथ्वीकाे उत्पतिदेखि नै ठूला नदीको उत्पत्तिको स्रोत हिमाललाई अर्थात् हिमशिखरलाई नै मानिएको छ ।

ठूला नदीका शिरबिन्दु हिमाली उच्च पहाड नै हुन्छन् । त्यसैले मुख्य नदीको शिरबिन्दु नैे वास्तविक र यथार्थमा नदीको स्रोत कहलिन्छ । नदीको जलप्रवाह क्षेत्र मूल स्रोतबाट जतिजति टाढा हुन्छ त्यति त्यति नदीको बाटो परिवर्तन पनि हुन सक्छ । पृथ्वीमा भूकम्प जस्ता प्राकृतिक विचलनबाट नदीको मूल स्रोतमा परिवर्तन आएको खण्डमा बरु नदीको अस्तित्व नै समाप्त भएर जान्छ । तर प्रमुख नदीको मूल स्रोत बिन्दु कदापि परिवर्तन हुन सक्दैन । भारतबीचको पश्चिमी सीमा महाकाली नदीले छुट्याउँछ जुन नदीको उद्गम विन्दु लिम्पियाधुरा हो ।

संसारभर उच्च पहडी श्रृंखला अथवा प्रमुख नदीलाई मुख्य आधारशिला मानेर नै एक अर्काे देशको सीमा छुट्टिएको हुन्छ । नदीको जलप्रवाह क्षेत्र अनुसार नै सीमानाको निर्धारण वा एकिन गरिएको हुन्छ । त्यसैगरी पहाडी श्रृंखला वा अन्य कुनै पनि पुराना ऐतिहासिक चिन्ह वा संकेतद्वारा नै सीमा रेखाङ्कन गरिएको हुन्छ । देशको कूल क्षेत्रफलको मापन पनि नदी नाला, पहाड वा अन्य कुनै ऐतिहासिक चिन्हहरुलाई रिफरेन्स विन्दु मानेर गरिएको हुन्छ ।

नेपालका ठूला नदीका मूल स्रोत पनि हिमालय क्षेत्र नै हुन् । नेपालका उच्च हिमशिखर नै कोशी, गण्डकी, कर्णाली र महाकाली आदि ठूला नदीका मूल स्रोत मानिएका छन् । वृहत हिमश्रृंखलाको अधिकांश भाग नेपालमा नै पर्छ । यही हिमश्रृंखलाबाट नै अधिकांश नदी उप्पत्ति भएका छन् । एकीकृत पर्वतीय विकास परियोजना (इसिमोड) का अनुसार अटुट हिमश्रृंखलाको क्षेत्र अफगानिस्तान देखि ताजकिस्तानसम्म फैलिएको छ । जसलाई हिन्दुकुश क्षेत्र पनि भनिन्छ । यस हिमक्षेत्र अन्तर्गत अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, चिन, भुटान, म्यानमार र ताजपिस्तान पनि पर्छन् ।महाकाली पनि यसै हिमश्रृंखलाबाट उत्पत्ति भएको एउटा विशाल नदी हो । लिम्पियाधुराबाट बग्ने कालीनदी नै नेपाल–भारतको सिमाना हो । यो नै इष्ट इण्डिया कम्पनी सरकार र नेपालबीच सन् १८१६ मा भएको सुगौलीसन्धिले निर्धारण गरेको अन्तरदेशीय सीमाना हो । भारतले धेरै वर रहेको लिपुलेकबाट आएको खोलालाई कालीनदी दाबी गरेर अतिक्रमण गरेको छ । नदीको जलप्रवाहको स्थिति, हिमाल र पहाडको नदी क्षेत्रको अध्ययन गरिएको नक्सामा पनि काली नदीलाई लिम्पियाधुरासम्म रहेको देखाइएको छ ।

महाकाली नदी स्थान अनुसार विभिन्न नामले पुकारिएको पनि पाइन्छ । महाकाली नदीलाई पनि काली नदी, काली गाड, काली गंगा, शारदा नदी, कुटीयाङ्दी नदी,आदि नामले चिनिन्छ । महाकाली नदीको मूल उत्पत्ति बिन्दु लिम्पियाधुराको हिमश्रृंखला अर्थात लिम्पियाधुराको चुचुरो नै हो । तसर्थ महाकाली नदिको मूहान लिम्पियाधुरा हो भन्दा अत्यूक्ति नहोला ।महाकाली नदीको जलाधारक्षेत्र करीब १८१४० वर्ग किलोमिटर छ । महाकाली नदीलाई मूल जलवहाव बिन्दुमा काली नदी नामले चिनिन्छ । महाकालीनदी लिम्पियाधुरा उत्तर पश्चिम देखि शुरु भएर दक्षिण पूर्व हँदै दक्षिण दिशातर्फ बग्ने गरेको छ । विसं २०१८ मा त्यस क्षेत्रको जनगणनामा खटिनुभएका वरिष्ठ पत्रकार भैरव रिसाल लिम्पियाधुराबाट बग्ने कालीनदी नै सिमाना हो भन्ने सबुद प्रमाण रहेको बताउदै आउनु भएको छ । लिपुलेक कालापानीबाट बग्ने नदीलाई कृत्रिम काली बनाएर भारतले अतिक्रमण गरेको उनको भनाइ छ । भारतले कालापानीस्थित सानो पानीको मुहानलाई कालीको मुहान भनेर भ्रम सिर्जना गर्दै आएको छ । विगत छ दशक देखि नेपालका लिम्पियाधुरा, कालापानी र लिपुलेख निकै ओझेलमा परेको यथार्थ सबैका सामु छर्लङ्गै छ । करिब ३ सय ९५ वर्ग किमी नेपालको भूभाग अझै भारतीय कब्जामा छ । भारतको हालीमुहाली दशकौंदेखि चल्दै आएको छ । छिमेकी अलि शक्तिशाली भए कमजोर र विपन्नलाई हेपाहा दृष्टिले हेरिदो रहेछ । यसको ज्वलन्त उदाहरण नेपालप्रति भारतले गरेको व्यवहार हो । सबैभन्दा असल र नजिकको छिमेकी भारतले सीमा क्षेत्रमा अप्ठ्यारो पारेको देखिन्छ । विशेषगरी सीमा मिच्ने दुष्टता गरेको छ । भारतबाट भएको सीमा अतिक्रमणले हामी शान्तिका प्रतिक नेपालीलाई चिन्तित बनाएको छ । एक दशक अघिदेखि नेपाली भूमि कालापानी, लिपुलेक लिम्पियाधुराका क्षेत्रमा बाटो खन्दै आएको भारतले हालसालै त्याे क्षेत्रमा चीनको मानसरोवर जाने बाटो खोलेर उद्घाटन समेत गरिसकेको छ ।

सबैभन्दा असल र नजिकको छिमेकी भारतले सीमा क्षेत्रमा अप्ठ्यारो पारेको देखिन्छ । विशेषगरी सीमा मिच्ने दुष्टता गरेको छ । भारतबाट भएको सीमा अतिक्रमणले हामी शान्तिका प्रतिक नेपालीलाई चिन्तित बनाएको छ । सन् १८१९ मा इष्ट इण्डिया कम्पनी सरकारबाट प्रकाशित नक्सामा लिम्पियाधुराबाट उत्पत्ति भइ बग्ने नदीलाई काली आर भनिएको छ । यी तथ्य र प्रमाणका आधारमा नेपालको भूमिमाथि भारतीय पक्षले अतिक्रमण गरेको स्पष्ट हुन्छ । 

नेपाल एकीकरणको इतिहास अनुसार नेपालको सिमाना पूर्वमा टिष्टा नदीसम्म र पश्चिममा महाकाली नदीसम्म रहेको पाइन्छ ।सन् १८१६ को सुगौली सन्धि हुनुअघि नेपालको विशाल भूभाग थियो । तत्कालीन इष्ट इण्डिया कम्पनी सरकारको साम्रज्यवादी नीति अनुसार नेपाल माथि आक्रमण गरेर धेरै भूभाग लिएको र नेपाल पराजित भएका कारण सन्धि गर्नु परेको थियो । सुगौली सन्धि अनुसार नेपालको सिमाना पूर्वमा मेची र पश्चिममा काली अर्थात् महाकाली नदी सम्म खुम्चिन गएको हाे । सुगौली सन्धिको कारण नेपालको भूभाग गुम्यो । त्यस सन्धिमापनि नेपालको पश्चिमी सिमाना काली नदीको उद्गम विन्दु लिम्पियाधुरासम्म नै रहेको जनाइएको छ । मेची नदी पश्चिम र काली नदी पूर्वको भूभाग नेपालको रहने छ भन्ने स्पष्ट गरिसकेको थियो । यो सीमा निर्धारण पनि नदीलाई नै रिफरेन्स मानेर गरिएको थियो । तसर्थ नदीलाई रिफरेन्स मानेर छुट्याइएको सीमाना नदीको उद्गम विन्दु देखि नदीको समाप्ति विन्दुसम्म निर्धारण हुन्छ भन्ने कुरामा कसैको दुई मत नहोला । । नेपाल र इष्ट इण्डिया कम्पनी सरकारबीच पहिला भएका  सबै सन्धि, सम्झौता र प्रतिज्ञा पत्रलाई खारेज गर्छ भन्ने समेत इतिहासमा उल्लेख गरेको पाइन्छ । यस्तै तत्कालीन इष्ट इण्डिया कम्पनी सरकारको शासनबाट भारत स्वतन्त्र हुँदा नेपाल, इष्ट इण्डिया कम्पनी सरकार र भारतबीच भएको सन्धिले नै नेपालको सुगौली सन्धिबाट गुमेको सम्पूर्ण भूमि नेपालले पुनः प्राप्त गरेको देखिन्छ ।

सन् १९५०मा स्वतन्त्र भारतले नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनामा सहयोग पुर्‍यायाे  । नेपालमा २००७ सालको परिर्वतनमा भारतको पूर्ण सहयोग थियो तर स्वार्थपूर्ण रहेछ । फलस्वरुप भारत सरकार र नेपाल सरकारबीच शान्ति तथा मैत्री सन्धि गर्दै त्याे सन्धिकाे धारा ८ मार्फत महाकाली नदी पश्चिम कांगडासम्मको र मेची नदी पूर्व टिष्टासम्मको भूभाग फर्काएको प्रमाण समेत भारत लगायत सबैलाई जानकारी नै छ । सन् १८१६ को सुगौली सन्धिमा उल्लेख भएका सम्पूर्ण भूभाग समेत फिर्ता गरिसकेको भन्ने कुरा स्पष्ट पारिएको छ । सन् १८१६ मा इष्ट इन्डिया कम्पनी सरकार र नेपालबीच भएको सुगौली सन्धिपछि आधिकारिक पत्रमा पनि कालीपूर्वको लिम्पियाधुरा ओगट्ने सम्पूर्ण भूभाग व्यास प्रगन्ना अर्थात अहिलेको व्यास गाउँपालिका क्षेत्र नेपालको भएकाले तिरो–तिरान नेपाल सरकारलाई नै तिर्नु भनी इष्ट इण्डिया कम्पनी सरकारले काठमाडौँस्थित उसको रेजिडेन्टलाई पत्र लेखेको उल्लेख छ । सुगौली सन्धिको धारा ५ मा नेपालको पश्चिमी सिमाना महाकाली नदी निर्धारण गरिएको छ । महाकाली नदीको मुहान लिम्पियाधुरा भएको पुष्टि गर्ने आधार इष्ट इण्डिया कम्पनी र सर्वे अफ इण्डियाद्वारा प्रकाशित नक्सामा पाइन्छ । नक्साको बीचमा महाकालीलाई ‘काली आर अर बेस्टर्न ब्रान्च अफ द गोग्रा अफ सर्जु’ लेखिएको छ ।  सन् १८१९ मा इष्ट इण्डिया कम्पनी सरकारबाट प्रकाशित नक्सामा लिम्पियाधुराबाट उत्पत्ति भइ बग्ने नदीलाई काली आर भनिएको छ । यी तथ्य र प्रमाणका आधारमा नेपालको भूमिमाथि भारतीय पक्षले अतिक्रमण गरेको स्पष्ट हुन्छ ।

भारतले सन् १९५० बाटै सैन्य चौकी कालापानीमा राखेको भनिए पनि ठोस प्रमाण भने छैन । सन् १९५२ बाटै भारतले कालापानी अतिक्रमण थालेको थियो ।सन् १९६२ को चीन–भारत युद्धका बेला आफ्नो क्षेत्र जोगाउन भारतले नेपालको अनुमतिमा सेना राखेको बताइन्छ । तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको समयमा १७ स्थानमा सेनाको चौकी राखिएको सीमाविद्को भनाइ छ । चौकी लिपुलेकबाट १० किलोमिटर वर तिङ्करसम्म ल्याइएको थियो । पछि सन् १९७० मा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले १५ वटा चौकी हटाउन सफल भएपछि तिङ्करको चौकी कालापानीमा गएर बसेको उल्लेख गरिएको छ । नेपालले पनि बिसं २०२९ देखि २०३१ सालसम्म कालापानीमा भारतीयको गतिविधि नियाल्न दार्चुलाको तिङ्करमा प्रहरी चौकी निर्माण गरेको थियो । दार्चुला जिल्लाको हालको व्यास गाउँपालिका वडा नम्बर १ त्रिदेशीय सीमानाका हो । यहाँको तिङ्कर, छाङ्रु, लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रका (कुटी, गुञ्जी, नावी) नेपालको हो । गुञ्जी दोभान नै भारतले अतिक्रमण गरिरहेको स्थानमा लिम्पियाधुराबाट आएको महाकाली नदी र लिपुलेकबाट कालापानी हुँदै आएको लिपु खोला मिसिन्छ । यद्यपि तथ्य र प्रमाणले लिम्पियाधुराबाट आउने काली नदी नै सिमाना हो भन्ने कुरा सुगौलीसन्धि पछिको तथ्य र प्रमाणले देखाउँछ ।

सरकारले मुलुकको स्वाधिनताका पक्षमा ऐतिहासिक निर्णय गर्दै आफ्नो देशका भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर अध्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरि राजपत्रमा समेत प्रकाशन गरिसकेको छ । पहिलाका सरकारले गर्न नसकेको साहसिक कदम अहिलेको सरकारले महत्वपूर्ण निर्णय गरेको भन्दै राजनीतिज्ञ, सीमाविद् तथा नागरिक समाजले खुलेर प्रशंसा  गरेका छन् । नेपाली भूमिमा कब्जा जमाएर बसेका भारतीय सुरक्षाकर्मीलाई फिर्ता पठाउने काम नेपाल सरकारले तुरुन्त गर्नुपर्छ ।

नेपालको ठूलो भूभाग अर्थात्  वर्तमान नेपाल भन्दा धेरै भूभाग अझै भारतको नियन्त्रणमा रहेको छ । उसले अवैधानिक रुपमा दादागिरी कै भरमा कब्जा गरी नियम विपरीत भोग चलन गरिरहेको छ । भारतको जमिन्दारीपन अझै हराएको छैन । त्याे भूभाग ब्रिटिस सरकारले फिर्ता गरे पनि भारत सरकारले हालसम्म कब्जा गरिराखेकै छ । भारतको थिचोमिचो व्यवहार नेपाललाई गरेको आज मात्र होइन भारत स्वतन्त्र भए देखि नै रहेको पाइन्छ । भारतबीचको पश्चिमी सीमा महाकाली नदीले छुट्याउँछ जुन नदीको उद्गम विन्दु लिम्पियाधुरा हो । त्यसभन्दा पूर्वतर्फ अवस्थित लिपुलेक र त्यसभन्दा तलको कालापानी नेपालको भूभाग हो भन्नेमा राजनीतिक, कानुनी तथा प्राविधिक आधार प्रमाण भएकाले नै नेपालले भारतको विवादास्पद नक्सा प्रकाशनपछि नेपालले कूटनीतिक माध्यमबाट भारतको ध्यानाकर्षण गराएको थियो । तर, नेपालको अपमान गर्दै सार्वभौम देशको मर्यादा नराखेको भारतले एकाएक सडक निर्माण गरी उद्घाटन गरेपछि भारतको नियतमाथि आशंका उत्पन्न गराएको छ । यस विषयलाई लिएर नेपालमा भारत विरोधी प्रदर्शन भएका छन् ।सबै नेपालीलाई एक पटक भारतको  हेपाहापनप्रति विरोध गर्न जुर्मुराउने बनाएको छ ।

नेपाल सरकारले मुलुकको स्वाधिनताका पक्षमा ऐतिहासिक निर्णय गर्दै आफ्नो देशका भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर अध्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरि राजपत्रमा समेत प्रकाशन गरिसकेको छ । त्याे कदमलाई लामो समयदेखि हुन नसकेको एउटा सार्थक कदमको शुरुवातका रुपमा लिइएको छ । पहिलाका सरकारले गर्न नसकेको साहसिक कदम अहिलेको सरकारले महत्वपूर्ण निर्णय गरेको भन्दै राजनीतिज्ञ, सीमाविद् तथा नागरिक समाजले खुलेर प्रशंसा  गरेका छन् । नेपालको सीमाका विषयमा अहिले सिङ्गो देश सरकारको साथमा रहेको देखिएको छ । नक्सामा आएको भूमि व्यवहारमै फिर्ता ल्याउनुपर्छ । नेपाली भूमिमा कब्जा जमाएर बसेका भारतीय सुरक्षाकर्मीलाई फिर्ता पठाउने काम नेपाल सरकारले तुरुन्त गर्नुपर्छ । कूटनीतिक एवं राजनीतिक तहमा गरिने छलफलबाट सार्थक निष्कर्ष निकाल्ने काम नेपाल सरकारले अभिलम्ब गर्नुपर्छ । दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका लागि सधैँ चहर्याइरहने घाउ बन्दै आएको छ । अब नेपाल सरकारले करिब  ७ दशक देखि बस्दै आएका भारतीय सुरक्षा फौज तुरुन्त हटाइ लिम्पियाधुरा, लिपुलेक, कालापानीका जनतालाई नेपालीको प्रमाण दिनुपर्छ । सबै नेपालीको साथ लिएर नेपाल सरकारले महाकाली नदीको मुहान विन्दु लिम्पियाधुरासम्म नै नेपालको उत्तर पश्चिम सीमाना कायम गरी भोग चलनमा ल्याउन सक्नुपर्छ ।

रेग्मी प्रहरी नायव उपरीक्षक (डिएसपी) हुनुहुन्छ, सुझाव तथा प्रतिक्रियाको लागि [email protected]

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनमा सहयोग मिल्नेछ । व्यवसायमा लाभ हुनेछ ।  सहयोगबाट काम बन्नेछ । वृष– रोजगारीमा अवसर मिल्नेछ । राजनीतिमा ठाउँ…

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) …

काठमाडौं ।  काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा…

तनहुँ । व्यास नगरपालिकाले आफ्ना सटरमा राखिएका पसललाई २ महिनाको छुट गर्ने भएको छ । नगरपालिकाले व्यवसायीहरु कोरोना भाइरस संक्रमणको…

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ । वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा…

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर…