क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । क्वारेन्टाइनमा मृत्यु भएका दैलेख दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको शनिबार बिहान जिल्लाको दुल्लु–७ स्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा बनाएको क्वारेन्टाइनमा मृत्यु भएको हो ।

उनी शनिबार बिहान ७ बजे ढलेर बेहोस भएका उनको केहीबेरमै मृत्यु भएको दुल्लु अस्पतालले जनाएको छ । उनको मृत्यु भएपछि गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको अस्पतालकी प्रमुख डा. पूजा बिसीले बताइन् । ‘मृत्यु भएपछि स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएका थियौँ ।

कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ,’ डा. बिसीले भनिन् । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । उनी १० दिनअघि भारतबाट आएका थिए । भारतबाट आएका ७९ जनासँगै उनलाई पनि क्वारेन्टाइनमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन…

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न…

काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको…

मेष– यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ । वृष– पुरानो लकाममा लाभ पाइनेछ…

काठमाडौं । मृगौला प्रत्यारोपण प्रकरणमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जना पक्राउ परेका छन् । मृगौला…

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।