भारतीय नागरिकको समूह नेपाल छिर्न खोजेपछि हवाई फायर

सर्लाही । भारतीय नागरिकहरुको एक समूह जबरजस्ती नेपाल छिर्न खोजेपछि नेपाली सुरक्षाकर्मीले हवाई फायर गरेको छन् । सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने समूहलाई रोक्न हवाई फायर गरेको हो ।

जिल्लाको विष्णु गाउँपालिका-२ पकडीमा पर्ने दशगजा क्षेत्रबाट ३०/४० जनाको समूह नेपाल प्रवेश खोजेपछि नेपाल छिर्न नदिन सशस्त्र प्रहरी हवाई फायर गरेको हो । भारतीय समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयास गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको सशस्त्र
प्रहरीले जनाएको छ ।

प्रहरीले हवाई फायर गरेपछि भारतीय नागरिकको समूह पछि हटेको र स्थिति सामान्य बनेको जनाएको छ । विष्णु गाउँपालिका-२ पकडीस्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोलीसमेत खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…