ढुंगाको फूल

कडा ढुंगा बालुवा, मृत सिमेण्ट र फलामका छडले पृथ्वीको त्वचा ढाक्ने गरी वज्र बिच्छयाएपछि उति बेलाको उपत्यका अब कहाँ, तर पनि परदेशबाट चरीले ल्याउने बिउ उम्रेर उपत्यकाको प्रकृति जीवन्त तुल्याएको छ । जरामा परेको वज्रको ऐठन सहेर पनि यी फूलहरु  फुरिहेका छन्, खुलिरहेका छन्। ए मान्छे फुर्सद छ भने एक छिन यिनलाई हेर र शान्तिको सास फेरयतत् धर्मस्ततो जय ।

काठमाडौ उपत्यकाको भौगोलिक स्वरुप फूलदानी जस्तो । सयपत्रीको थुंगो जस्तो । फूल्चोकीको पुंकेशर सजाएर फुलिरहेको जिह्वाकुसुमजस्तो । उपत्यकावासी शिरमा फूल सिउरेर बाहिर निस्कन्छन् । केशपाशमा वा शिरपोसमा गुनकेशरी,बाँबरी,केवरा वसन्ती फूल धरेका धरासन्ततिको निवास यो उपत्यका । वरिपरिका पर्वत पनि वनस्पतिको गहनाले गमक्क छन् । दिनभर उपत्यकाको आँगनमा चरेका चरा साँझ वास बस्न उडेर त्यतै जान्छन् । शिवपुरीको शरणमा शान्त रात बिताउँछन् ।

याम अनुसार राजधानीमा ऋतुरंगको रमिता देखिन्छ । जेठको शुष्कयाम,गृष्मको गर्मी वसन्तका पुष्प झरेर गएका बेला दुनियालाई आशा दिने गरी फुलिरहेको छ जकरण्डा । यसको रङ भगवान नीलकण्ठको वदन जस्तो । शान्तिको सदन जस्तो । गम्भीरसागरको मुहारजस्तो । पूरै वृक्ष पुष्पपुरित छ । एउटा दुइटा फुलेको हो र, सबै रुख फक्रेको फूलजस्तो । चक्रपथमा पनि यही फुलेको छ । दरबारमार्गमा पनि जकराण्डा नै झुलेको छ । भृकुटीमण्डपमा यही भरिएको छ । सिंहदरबार बबरमहलका छेउमा पनि यही रमेको छ ।

दरबार घरबार झुपडी कुटी जे होस वास सजाउन कुसुम नै चाहिन्छ । तुलफूलबिनाको बसेरा रित्तो लाग्छ । जति भव्य घर भए पनि साथमा दुई थुंगा फूल फुल्ने वनस्पति नभए रित्तै हुन्छ , नारीबिनाको घरबार जस्तो ।  जकरण्डाको फूल विचित्र खालको छ । नीलो तर कोमल फूल । रातो सेतो पहेंलोमा रम्ने आँखाका लागि यसको बेग्लै बान्की । दुनिया यसको रुपमा निन्दा पनि गर्दो हो । वैंसमा पनि कस्तो वैराग्य रङ ?..टीकाटालो गहना बिनाको वदनजस्तो । नीलो फूल देवपूजामा चढाउन टिप्नेहरु पनि कति छन् र यो आफै भुइँमा खस्छ ,निमर्म पछारिन्छ बटुवाले पनि वास्तै नगरी कुल्चेर हिड्छन् स्वार्थी भौतिक आँखाले मात्र देख्नेहरुमा फूलको कोमलता को बुझोस् ,बुझे पनि भोगका लागि चिमोटेर फाल्नेहरु छन् । अनाकर्षक मानिने नीलो फूलमा प्रेमको पत्र देख्ने पनि कमै छन् ।

सुन्दर फूलहरु आकर्षणको आक्रमणमा परेर पृथ्वीमा पछारिन्छन् । विराग बताउने नीला फूलहरु भूमिमा झरेर पनि आकाशको यात्रा भर्छन् । प्रेमले संसारतिर तान्छ श्रेयले आकाशतिर उचाल्छ । गुरुत्वले वस्तुलाई गह्रौं बनाएझैं रञ्जनमाथिको रहरले मानव मन यहीं रमाइरहन्छ तर अग्रहणले मानिस फूलजस्तै फुर्रफुर भई निर्भार बनी निर्वाणतर्फ उचालिइरहन्छ ।

तर प्रेमको पात्र बन्नुमा माथि जाने ऊर्जा हुँदैन । प्रेममा पाउने मात्र अभिलाषा हुन्छ । भारी बनेर भासिने भय हुन्छ । प्रेयभावले पृथिवीको पाखा ढाकिन्छ । विश्वमा बसिरहनखोज्छ तर प्रेममा नबस्दा मानव गति श्रेष्ठतातिर लम्कन्छ । त्यागले मानव अस्तित्व अप्रेममा जान्छ वैरागी बन्छ मुक्तिकोमार्गमा निस्कन्छ । सुन्दर फूलहरु आकर्षणको आक्रमणमा परेर पृथ्वीमा पछारिन्छन् । विराग बताउने नीला फूलहरु भूमिमा झरेर पनि आकाशको यात्रा भर्छन् । प्रेमले संसारतिर तान्छ श्रेयले आकाशतिर उचाल्छ । गुरुत्वले वस्तुलाई गह्रौं बनाएझैं रञ्जनमाथिको रहरले मानव मन यहीं रमाइरहन्छ तर अग्रहणले मानिस फूलजस्तै फुर्रफुर भई निर्भार बनी निर्वाणतर्फ उचालिइरहन्छ । जकराण्डाको नीलो फूल निरस मानिए पनि नीलकण्ठको संगतमा छ । नीलगगनको निमन्त्रणामा छ । शान्तिको गहन गन्तव्यमा छ । यसैले शान्तिको रङ गहन सागरको नीर जस्तै र जकराण्डाको गृष्मपुष्प जस्तै नीलो बताइएको हो ।

उपत्यकामा जकरण्डा मात्र होइन बेगम बेलीले पनि गृष्मको गरिमा बढाएको छ । गहन शीतलता दिने लतामुन्तिर पुष्पको वर्षा । फूलैफूलले ढाकिएको मार्ग कुबेरको अमरावती जस्तो स्वर्गको नन्दन जस्तो । नुघेका हाँगामा फूलका थुंगा विनीत नारीको नमस्कार जस्तो । यो देखेर आकाश पनि फूल हेर्न पृथ्वी ओर्लिन मन लागेर होला व्योमबाट बादल पठाएका छन् । बादलले बेगमको रङ माग्दो हो,हाम्रो देशमा जाऔं न भन्दो हो ।

शिवपुरीबाट आउने धोबीखोलामा पनि बेगमबेलीको बहार छ । लता नुघेर नदीलाई नमस्कार गर्दै छ । सजाउन सकेमा जलको सुन्दरता अरुकोभन्दा उच्च हुन्छ । नदी किनारमा फूलैफूलको ताँती सँगै लम्पसार मार्ग, मार्गमा चल्ने सवारी र संसारका सन्तान, खोलीको पानीप्रवाहमा आकाशको प्रतिविम्ब,फूलमा रम्ने मधुकर हेरेर युवायुवती जीवनको सागर बुझ्दैछन् । क्या अपार छ प्रकृति ।

आज उपत्यकामा माटो होइन, मृतमट्टी सिलमट्टी सिमेण्टको थुप्रो जमेको छ । मानिस यही निर्मित ढुंगाभित्र वास बस्दै छ । मानिस पहिले होइन, अहिले पो ढुंगेसभ्यतामा रमेको छ । यसलाई उन्नति भन्ने भ्रममा परेको छ । यसैले गर्दा काठमाडौलगायतका उर्वर भूमि मरुभूमि बन्दैछन् । तापनि केही खाली जमिन र चरमा प्रकृतिले सृष्टि रचेर वहार छर्दैछ । ऋतुबमोजिमको रङ भर्दैछ ।

जड प्रकृति चल्दैन, बोल्दैन भन्नेहरु छन् तर वृद्धि नै चाल हो । विकसित पुष्प नै प्रकटको भाषा हो । ऋतु बोल्ने रंङ नै अभिव्यक्ति हो । यो कुनै काव्यभन्दा कम छैन । बनाइएको चित्रभन्दा विचित्रको जादुले भरिएको हुन्छ प्रकृतिको नाट्यजगत । यसमा रमाउनु मनको रञ्जन हो । जगतको लीला हो । यही लीला लावण्यले भरिएको छ काठमाडौ उपत्यका । भित्र पसेर हेर्ने हो उपत्यका प्रकृतिभन्दा धेरै पर पुगिसकेको छैन । यसको बाँकी माटो र आकाशीय तह र वर्षा प्रणाली अझै यथावत् छ ।

प्राकृतिक पत्र र आकाशको प्रकृति बोल्ने प्राणी हुन् पंक्षी, पुतली पनि प्रकृतिका मित्र हुन् । भवँरा फूलका साथी हुन् । अझ चराहरु त धरा र गगनका यात्री हुन् । विश्व र वनस्पतिको वाक्य बोल्दै यिनीहरु उडिरहन्छन् । चराहरु जलचर पनि भूचर पनि खेचर पनि कस्तो कस्तो श्रेष्ठ शक्ति पाएका पात्रहरु । दुई पक्षमा पखेटा भएका चराहरु महान् चेतक पनि हुन् । यिनले बिहानै समय बोल्छन् । संकेतबाट भविष्यको पर्दा खोल्छन् । यिनीहरु चञ्चुबाट उपनिषद् बोल्छन् । नाम काग होला जुरेली होला सारौ होला बकुल्ला होला मयुर होला तर चाल आकाशीय उडानयुक्त व्योमयान जस्ता । चरा कति चंख, कति सफा कति तम्तयार,एकभन्दा अर्को चतुर काग पोथी प्रसन्नता र सन्तान कोरल्न छेस्का बटुलेर गुँड बनाउँछ तर महाचतुर बनेर कालिजले उसको गुँडमा अण्डा पारिदिन्छ । पक्षी कूटनीति पनि पढ्न सकिने कस्तो खेल । चराको आवाज त वनजंगलको बाजाजस्तो पर्वतको गीत जस्तो छहराको मन्त्र जस्तो पहाड बोल्दैन भन्नेलाई चरीको चिरबिर विद्यालयमा विद्यार्थीको प्रार्थनाजस्तो वेदपाठको उच्चारण जस्तो । चरीको चैतन्यधुरी उच्च छ र नै यिनीहरु आकाशमा स्वच्छन्द उड्न विहंगम दृष्टि लगाउँछन् । यिनले मानव चेतनालाई विशाल बनाउन सिकाइरहन्छन् । विज्ञानको विमान त चरीको अभ्यासी चर्या मात्र हो ।

उपत्यकाका जग्गाधनी किसानले यहाँको उर्वर माटो बचाउन सकेनन् । सुख्खा पैसाको आशमा अमर आर्जनको स्रोत सुकाए । तालको पिँधमा जमेको यहाँको भूमिको उर्वरता विश्वमै विशेष छ । इण्डोनेशियाको बाली टापुको जस्तै मलिलो छ । यसकै आर्जनले उपत्यकावासी धनी थिए,अनेकौं कला संस्कृतिमा रमेका थिए । संस्कृति सम्पन्नताको संकेत हो । तर आज उपत्यकामा माटो होइन, मृतमट्टी सिलमट्टी सिमेण्टको थुप्रो जमेको छ । मानिस यही निर्मित ढुंगाभित्र वास बस्दै छ । मानिस पहिले होइन, अहिले पो ढुंगेसभ्यतामा रमेको छ । यसलाई उन्नति भन्ने भ्रममा परेको छ । यसैले गर्दा काठमाडौलगायतका उर्वर भूमि मरुभूमि बन्दैछन् । तापनि केही खाली जमिन र चरमा प्रकृतिले सृष्टि रचेर वहार छर्दैछ । ऋतुबमोजिमको रङ भर्दैछ ।

पक्षी कूटनीति पनि पढ्न सकिने कस्तो खेल । चराको आवाज त वनजंगलको बाजाजस्तो पर्वतको गीत जस्तो छहराको मन्त्र जस्तो पहाड बोल्दैन भन्नेलाई चरीको चिरबिर विद्यालयमा विद्यार्थीको प्रार्थनाजस्तो वेदपाठको उच्चारण जस्तो । चरीको चैतन्यधुरी उच्च छ र नै यिनीहरु आकाशमा स्वच्छन्द उड्न विहंगम दृष्टि लगाउँछन् । यिनले मानव चेतनालाई विशाल बनाउन सिकाइरहन्छन् । विज्ञानको विमान त चरीको अभ्यासी चर्या मात्र हो ।

काठमाडौ सिमेण्टको शहर बनिसकेको भए पनि थोरै माटोमा प्रकृतिको पात देखिंदै छ यिनै पातमा चरीचञ्चुले अविदितको सन्देश लेखिँदैछ । गमलाको एक गास माटोमा गान्टिएर जरा गुजुल्टयाएर भए पनि फूल फुलेकै छ । ऋतुअनुसारको हाँसो दिएकै छ । मौरीलाई मायाको आकर्षण पुर्याएकै छ । एकाबिहानै शुभ बोल्न चरीलाई टेक्ने डाली दिएकै छ । कडा ढुंगा बालुवा, मृत सिमेण्ट र फलामका छडले पृथ्वीको त्वचा ढाक्ने गरी वज्र बिच्छयाएपछि उति बेलाको उपत्यका अब कहाँ, तर पनि परदेशबाट चरीले ल्याउने बिउ उम्रेर उपत्यकाको प्रकृति जीवन्त तुल्याएको छ । जरामा परेको वज्रको ऐठन सहेर पनि यी फूलहरु फुरिहेका छन्, खुलिरहेका छन् । ए मान्छे फुर्सद छ भने एक छिन् यिनलाई हेर र शान्तिको सास फेर । यतत् धर्मस्ततो जय ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोल्टी होटलका ५५ जना कर्मचारीलाईपनि क्वारेन्टाइनमा राखिएको छ ।

आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

काठमाडौं। अब मास्क नलगाई हिड्नेहरु पक्राउ पर्ने भएका छन् । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन…

काठमाडौं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले असार २२ गते अर्थात आज बोलाइएको नेकपा स्थायी समिति बैठक २४ गतेसम्मका…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले आफूहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मात्रै…