नवराजको पवित्र प्रेममा अभाव र समाज बाधक बन्यो : विश्वकर्मा (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मीन विश्वकर्माले रुकुमको चौरजहारीमा भएको घटना क्रुर र निर्मम भएको बताउनुभएको छ । मानव सभ्यताको इतिहासमा समाजमा अराजकता र आशान्तीको बीऊ रुकुम घटना रहेको विश्वकर्माको ठहर छ ।

जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा बोल्दै विश्वकर्माले वेदमा मानिसलाई जातका आधारमा वर्गीकरण नगरिएको स्पष्ट पार्नुभयो । चार वेदमध्ये अथर्व र सामवेद विश्वकर्माले लेखेको इतिहास रहेको उहाँको भनाइ छ । राज्य सञ्चालन गर्ने शिलशिलामा नेपालमा मल्लकालीन समयमा जयस्थिति मल्लले सीपका आधारमा काम बाँडफाँड गरेको विश्वकर्माको भनाइ छ । काम गर्ने समूहको पहिचानका निम्ति जातको रुप दिइएको भन्दै विश्वकर्माले आजको दिनमा मानवबीचको खाडल गहिरो बन्दै गएको बताउनुभयो ।

विगतको तुलनामा विभेद केही कम भएपनि सामाजिक क्रियाकलापमा जातीयताताको हाबी कायमै रहेको उहाँको भनाइ छ । रुकुम चौरजहारीको घटना राज्यको उदासीनताका कारण भएको विश्वकर्माको आरोप छ ।

भिडियो हेर्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस्
विशेष

एकै दिन विश्वभर २ लाख २८ हजार १ सय २ कोरोना संक्रमित थपिएको हो ।

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…