मेकअप र नारी

मान्छेहरु भन्ने गर्छन्
नारीहरु धेरै मेकअप गर्छन् !
यसो सोच्दा उनीहरुले ठिकै भनेका हुन् ।
नारीले अनुहारमा मात्र होइन
घरपरिवारका सदस्यदेखि समाजसम्मका हरेक कमजोरीमा
मेकअप नै त गर्ने गर्दछन् ।
साथीको गल्तीमा मेकअप गर्छन् महिला
राम्रो शिक्षा पाउन नसके आमाबुवामा मेकअप
विवाहपछि घरका मान्छेहरुको व्यंग्यमाथि मेकअप
माइतीको कमिकमजोरीमा मेकअप
श्रीमानले दिने धोकामा पनि मेकअप
बच्चाको कमिकमजोरीमाथि मेकअप
उनीहरुको गल्तीमा पनि मेकअप
बुढेसकालमा ज्वाइँद्वारा गरिएको अनादरमा मेकअप
बुहारीको उपेक्षामाथि मेकअप
नाति–नातिनाको बदमासीमा मेकअप
अनि अन्त्यमा…
वृद्धावस्थामा परिवारमा अस्तित्वहिन हुँदा पनि मेकअप
एउटी नारीले जन्मदेखि मृत्युसम्म मेकअप नै त गरिरहन्छिन्,
मात्र एउटै आशामा
कि उनलाई सबैले राम्रो भनुन्,
सबैले उनको तारिफ गरुन्
तर पनि जहिले नारीलाई नै अपमानित हुनुपर्ने ?
त्यसैले त भनिएको होला
मेकअपबिना नारी अधूरो हुन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।