‘बजेटमा उल्लेख भएका काम गर्न पैसा कहाँबाट आउँछ ?’

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको बताउनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको छलफलमा रिजालले मुलुकलाई संकटबाट जोगाएर आर्थिक विकास लागि प्राप्त अवसर गुमाएको बताउनुभयो । ‘यसपाली मुलुकलाई संकट छ । दुनियाँ सताब्दीको गहिरो संकट भोग्दै छ’ उहाँले भन्नुभयो, ‘यो संकटलाई अवसरमा बदल्ने कल्पनाशिलता बजेटमा अपेक्षा गरिएको थियो । बलसाली सरकारले त्यो कल्पनाशिलता देखाएन ।’

बजेटमा काम गर्छु भनेर ८३ पेजको दस्तावेजमा उल्लेख भएका काम गर्नका लागि पैसा कहाँबाट आउँछ भनेर उहाँले प्रश्न समेत गर्नुभयो । कोरोना नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहबाहेक अरुले काम नै गर्न नसक्ने अवस्थामा पनि बजेट नदिइएको उहाँले बताउनुभयो । स्थानीय तहलाई शसर्त अनुदान बाहेक सबै घटेको उल्लेख गर्दै उहाँले संघीयता बलियो बनाउने अधिकार समेत सरकारले गुमाएको बताउनुभयो ।

रिजालले स्वास्थ्य क्षेत्रमा २२, २३ अर्ब बजेट मात्रै छुट्याएर नपुग्ने बताउनुभयो । उहाँले कोरोना रोकथाम तथा नियन्त्रणका लागि छुट्याएको ६ अर्ब रुपैयाँले परीक्षण गर्न समेत नपुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘६ अर्ब परीक्षणका लागि खर्च हुन्छ । ६ लाखको खर्च गर्न सक्ने क्षमता छ ? क्षमता हुँदा अस्तिको जस्तै चलखेल हुन्छ भन्ने डर छ ।’

‘८३ पेजको दस्तावेजलाई विर्षेर फेरि अबको अर्थतन्त्र उद्धारको काम कसरी गर्ने, राहतका काम कसरी गर्ने, नागरिकलाई घर घरसम्म कसरी पुर्याउने भन्ने कुरा सोचौँ’ उहाँले भन्नुभयो, ‘त्यसका लागि साझा कुरा के हुन्छ भन्ने कुरा तर्फ लागौँ । साझा अठोटबाट अर्थतन्त्र कसरी बनाउन सक्छौँ भन्ने सोच्नुभयो भने अहिलेको परिस्थितलाई पनि हामी अवशरको रुपमा बदल्न सक्छौँ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

सोल्टी होटलका ५५ जना कर्मचारीलाईपनि क्वारेन्टाइनमा राखिएको छ ।

आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

काठमाडौं। अब मास्क नलगाई हिड्नेहरु पक्राउ पर्ने भएका छन् । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन…

काठमाडौं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले असार २२ गते अर्थात आज बोलाइएको नेकपा स्थायी समिति बैठक २४ गतेसम्मका…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले आफूहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मात्रै…