ग्लाेबल बैंकद्वारा फाेटाे पत्रकारलाई ज्याकेट प्रदान

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न जिल्लामा रहेर पत्रकारिता गर्ने फोटो पत्रकारलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ । आइतबार भएकाे कार्यक्रममा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेलाई ज्याकेट हस्तान्तरण गर्नुभएको हो ।

बैंकमा आयोजित एक कार्यक्रममा बोल्दै बैंकका नायव महाप्रबन्धक रेग्मीले प्रेस ज्याकेटले फोटो पत्रकारहरुलाई बन्दाबन्दीको अवस्थामा रिपोर्टिङमा जाँदा सहज हुने अपेक्षा रहेको बताउनुभयो । उहाँले नेपाल फोटो पत्रकार महासंघमार्फत फोटो पत्रकारहरुलाई सहयोग गर्न पाएकोमा खुशीसमेत व्यक्त गर्नुभयो ।

नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेले बैंकले प्रदान गरेको प्रेस ज्याकेटले फोटो पत्रकारहरुलाई महामारीको अहिलेको जटिल परिस्थितिमा रिपोर्टिङमा सहज हुने बताउनुभयो । उहाँले ज्याकेट सहयोगको लागि बैंकलाई धन्यबाद समेत ज्ञापन गर्नुभयो ।

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ । उक्त कार्यक्रममा महासंघका पदाधिकारीहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोल्टी होटलका ५५ जना कर्मचारीलाईपनि क्वारेन्टाइनमा राखिएको छ ।

आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

काठमाडौं। अब मास्क नलगाई हिड्नेहरु पक्राउ पर्ने भएका छन् । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन…

काठमाडौं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले असार २२ गते अर्थात आज बोलाइएको नेकपा स्थायी समिति बैठक २४ गतेसम्मका…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले आफूहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मात्रै…