त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी

फाइल तस्बिर

काठमाडाैं । धावनमार्ग निर्माणका काम सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तीव्र पारिएको छ ।  कोरोना संक्रमण रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको अवस्थामा धावनमार्ग निर्माणको काम सकिएको हो ।

लामो समयदेखि विभिन्न कारणले धावनमार्ग निर्माणको काम सुचारु हुन नसकेपनि उडानहरु प्रतिवन्ध भएपछि कामले तिव्रता पाएको हो । विमानस्थलको दक्षिणतर्फ ३ सय मिटरको धावनमार्ग निर्माण गरिएको छ । धावनमार्ग विस्तारपछि सञ्चालनको तयारी तीव्र पारिएको छ । कोरोना महामारीले विश्व प्रभावित भइरहेको बेला सामाजिक दुरी कायम गर्दै विमानस्थल सञ्चालनको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । विभिन्न देशमा अलपत्र नागरिकहरुलाई स्वदेश ल्याउन तयारी भइरहेको उहाँले बताउनुभयो । सरकारले सञ्चालनको सूचना जारी नगर्दासम्म सम्पूर्ण स्रोत साधन प्रयोग गरेर सञ्चालनको तयारी भइरहेको उहाँले बताउनुभयो । विमानस्थलमा सामाजिक दुरी कायम गरी स्यानिटाइर र मास्क प्रयोग अनिवार्य गरिएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठघनले लामो समयदेखि धावन मार्ग विस्तारका लागि पटकपटक दबाब दिँदै आएको थियो । तर विमानस्थल बन्द गरेर काम गर्न सक्ने अवस्था नभएपछि निर्माण हुन सकेको थिएन् । पछिल्लो समय लकडाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द भएपछि छोटो समयमै धावनमार्ग विस्तारको काम सम्पन्न भएको हो ।

विमास्थलमा अब एप्रोच लाइट जडानको काम मात्रै बाँकी रहेको छ । लकडाउनका कारण विदेशबाट सामान ल्याउन नसकिएकाले लाइट जडानको काम थाँती रहेको उहाँले बताउनुभयो । धावनमार्ग निर्माण भएपछि विमानहरु सजिलै अवतरण र उडान भर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोल्टी होटलका ५५ जना कर्मचारीलाईपनि क्वारेन्टाइनमा राखिएको छ ।

आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

काठमाडौं। अब मास्क नलगाई हिड्नेहरु पक्राउ पर्ने भएका छन् । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन…

काठमाडौं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले असार २२ गते अर्थात आज बोलाइएको नेकपा स्थायी समिति बैठक २४ गतेसम्मका…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले आफूहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मात्रै…