लकडाउन खुकुलो बनाउँदै सरकार, निजी सवारी चल्न दिइने

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । लकडाउनको अवधि जेठ ३० गते सम्म लम्ब्याए पनि मोडालिटी परिवर्तन गरेर खुकुलो बनाउँदै लाने सरकारकाे तयारी रहेकाे विशेष स्रोतले जनाएको छ । नयाँ मोडालिटी अनुसार नागरिकलाई निजी सवारी साधन चलाउन दिने र निश्चित नियम पालना गरी आवतजावत गर्न दिने तयारी छ । त्यसको लागि निश्चित समय तोकेर दुई पाङग्रेमा १ र चार पाङग्रेमा २ जना यात्रा गर्न पाउने गरी तयारी भएको बताइएको छ ।

तर यो मोडालिटी कहिलेबाट लागु गर्ने टुंगो भने लगाइएको छैन । मोडालिटी अनुसार विभिन्न क्षेत्र तोकेर कोरोना भाइरसको कम या बढी जोखिम टुंगो लगाएर कोरोना संक्रमण कम फैलिएका र जोखिम कम भएका क्षेत्रलाई मात्र आवतजावत गर्न दिइनेछ । हिमाल, पहाड र तराईका जिल्लाहरुको कोरोना संक्रमण जोखिमको अवस्था हेरी लकडाउनमा आवतजावत गर्न दिने भएपनि अत्यावश्यक कामबाहेक अनावश्यक काममा पाइने छैन ।

भारतसँगको सिमामा भने कडाई गरिनेछ । २० वटा नाकाबाट मात्र आवतजावत गर्न पाइनेछ । १६ असारसम्म हवाई सेवा बन्द नै रहनेछ । विस्तारै आन्तरिक हवाई सेवा सञ्चालनमा ल्याइनेछ । असार १ बाट शैक्षिक संघसंस्थाको पठनपाठन सुचारु हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाले अनलाइन या दुरशिक्षा प्रणालीबाट पठनपाठन गराउनेछन् । खुल्ने भने छैनन् । त्यस्तै, रेष्टुरेन्ट, सिनेमा हल, सपिङ मल, बारहरु भने जेठभर नै बन्द हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।