बाढीका कारणा खोलाले बगाउँदा दुई जना बेपत्ता

भीम चौधरी
कैलाली । अविरल वर्षासँगै खोलामा आएको बाढीले बगाउँदा कैलालीमा दुई जना मजदुर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–४, गुलरियाका अन्दाजी ४५ वर्षीय कमल थापा र अन्दाजी २४ वर्षीय गोपाल विक रहेको प्रहरीले जनाएको छ ।

खोला छेउमा पाल टाँगेर बसेका उनीहरुलाई कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ को पातले खोलामा गएराति दुई बजेको समयमा अविरल वर्षासँगै आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरु सहजपुर–बोगटान सडकखण्डको मिलनपुरमा मजदुरी गर्दै आएको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माले बताउनुभयो ।

रातिदेखि परिरहेको अविरल वर्षा नरोकिदा खोजी कार्यमा समस्या भएको उहाँले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

एकै दिन विश्वभर २ लाख २८ हजार १ सय २ कोरोना संक्रमित थपिएको हो ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…