नाच्दै फर्किए संक्रमित, अस्पताल खाली

रुपन्देही । भीम अस्पतालमा भर्ना भएका सबै कोरोना भाइरस (कोभिड–१९) संक्रमित डिस्चार्ज भएका छन् । सबै संक्रमितलाई अस्पतालले सोमबार डिस्चार्ज गरेको हो । आइसोलेशन वार्डमा भर्ना भएका सङ्क्रमित २५ जनालाई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालको सूचना शाखाले जनाएको छ ।

डिस्चार्ज हुनेमा ४ वर्षीया बालिकादेखि ५० वर्ष उमेरसम्मका छन् । घर फिर्ता हुनेमध्ये नवलपरासीका ३ , भारतीय एक र रुपन्देहीका २१ जना भएको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि २० दिन पहिलादेखि अस्पतालमा बिरामी भर्ना शुरु गरिएको बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा नवीन दर्नालले सबै बिरामीको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताउनुभयो । संक्रमित हुने सबै भारतबाट नेपाल प्रवेश गरेका मात्र छन् ।  संक्रमितलाई सामान्य श्वासप्रश्वास र उच्च रक्तचाप बाहेक कुनै समस्या नपाइएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताउनुभयो ।

संक्रमणबाट निको भई घर फिर्ता हुन लाग्नुभएका बिरामीले पनि शुरुमा कोभिड–१९ सङ्क्रमण भएभन्दा डर बढी लागे पनि शरीरमा कुनै समस्या नआउँदा सामान्य रुपमा लिएको बताएका छन् । उनीहरुले घर फिर्ता हुन लाग्दा अस्पताल परिसरमा केही बेर नाचगानसमेत गरेका थिए । उनीहरुलाई मन्त्री बराल र प्रदेशसभा सदस्य सन्तोष पाण्डेले बिदाइ गर्नुभएको हाे । संक्रमित बिदाइसँंगै अस्पतालको आइसोलेशन वार्ड पूरै खाली भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

एकै दिन विश्वभर २ लाख २८ हजार १ सय २ कोरोना संक्रमित थपिएको हो ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…