लकडाउन खुकुलो गर्न आनको आग्रह

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले लकडाउन खुकुलो बनाउन सरकारसँग माग गरेको छ । विश्वभर महामारीको रुपमा देखा परेको कोरोना भाइरस संक्रमणलाई रोक्न सबै देशमा गरिए जस्तै नेपालमा पनि लकडाउन गरिएको तर लामो समयसम्म लकडाउन कायम रहँदा सर्वसाधारणमा परेको असुविधालाई ध्यान दिएर सुरक्षित तरिकाले जनजीवन सहज हुने गरी लकडाउन खुकुलो वा मोडालिटी परिवर्तन गर्न आनले सरकारसँग आग्रह गरेको हो ।

‘आम नागरिकको स्वास्थ्य एवं जनजिविकालाई पुनरविचार गर्दै लकडाउनको तरिकालाई विश्लेषण गरी अन्य समाधानका उपायहरुको खोजि गर्न नेपाल सरकारसमक्ष नेपाल विज्ञापन संघ हार्दिक अनुरोध गर्दछ’, प्रेस विज्ञप्ति जारी गर्दै आनले भनेको छ, ‘नेपाल सरकारले जारी गरेको कोरोना भाइसरबाट बच्ने उपायहरुको पूर्ण पालना गर्दै स्वास्थ्य सम्बन्धी जानकारीलाई सिरोपर गर्ने शर्तमा व्यवसाय तथा उद्योगहरु यथाशक्य सञ्चालनमा ल्याउनका लागि समेत आन हार्दिक अनुरोध गर्दछ ।’

उद्योग व्यवसायलगायत सम्पूर्ण कार्य समयमै सुचारु नगर्ने हो भने आमनागरिक भोकमरीको शिकार हुनसक्ने भएकाले यसबारेमा सरकारको गम्भीर ध्यानाकर्षण पनि आनले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन…

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न…

काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको…

मेष– यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ । वृष– पुरानो लकाममा लाभ पाइनेछ…

काठमाडौं । मृगौला प्रत्यारोपण प्रकरणमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जना पक्राउ परेका छन् । मृगौला…