सुदूरपश्चिम सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडाैं ।  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले २०७७ /७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रम अनुसार सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरीमा हरित, प्रदूषण मुक्त र वन्यजन्तुको सुरक्षित करिडोर सहितको राजधानी निर्माण गरिने भएको छ । कार्यक्रममा विदेशबाट फर्केकाहरुलाई कृषिलगायत स्वरोजगारका कार्यक्रममा जोड्ने र त्यसका लागि स्वरोजगार कोषमार्फत विनाधितो ऋण प्रवाह गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

स्वदेश फर्केकाहरुलाई कृषि र गैरकृषिमा आवद्ध हुने गरी कार्यक्रम ल्याइने छन् । रोजगारी सिर्जनासँगैै कृषिलाई व्यवसायीक बनाउनका लागि किसानलाई कृषि ऋण दिने घोषणा पनि सरकारले गरेको छ । स्वदेश फर्केकाहरुलाई कृषि र गैरकृषिमा आवद्ध हुने गरी कार्यक्रम ल्याइने छन् । रोजगारी सिर्जनासँगैै कृषिलाई व्यवसायीक बनाउनका लागि किसानलाई कृषि ऋण दिने घोषणा पनि सरकारले गरेको छ ।

कृषि श्रणमा ब्याजमा अनुदान दिइने जनाइएको छ। मल, बीउ, कृषि उपकरण तथा कृषि कार्यका लागि उपयोग गरिने विद्युत शुल्कमा अनुदान दिने कार्यक्रम पनि बजेटमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्वरोजगारी र रोजगारी सिर्जना गर्ने उद्यम र उद्यमीलाई पनि प्रोत्साहनका कार्यक्रम ल्याइने सरकारले जनाएको छ ।

यस्तै बस्तुको उत्पादन, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रीत रहने गरी सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । प्रदेश प्रमुख सर्मिला कुमारी पन्तले प्रदेश सभामा सोमबार प्रस्तुत गरेको प्रदेश सरकारको नीति तथा कार्यक्रममा उत्पादनमुलक उद्योग र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

एकै दिन विश्वभर २ लाख २८ हजार १ सय २ कोरोना संक्रमित थपिएको हो ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…