Logo ११ श्रावण २०७८, सोमबार


पर्वतमा पहिलोपटक ५ जनामा कोरोना, गण्डकी प्रदेशमा बिहानै १० थपिए

स्याङ्जा/पर्वत । गण्डकी प्रदेशमा बिहानै १० जनामा काेराेना संक्रमण देखिएकाे छ । प्रदेश सरकारले स्याङ्जा र पर्वतमा नयाँ काेराेना संक्रमित फेला परेकाे जनाएकाे छ ।

स्याङ्जामा थप ५ जनाका कोरोना संक्रमण देखिएको छ भने पर्वतमा पहिलाे पटक ५ जनामा काेराेना देखिएकाे हाे । स्याङ्जाकाे चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा रहेका ४ पुरुष र बिरुवा गाउँपालिकाकाको क्वारेन्टाइनमा बसिरहेका १ अर्का पुरुषमा कोरोना देखिएको हो । चापाकोटका स्थानीयसमेत रहेका ४ जना क्रमश:  २२, २६, ३२ र ४० वर्षका हुन भने बिरुवा गाउँपालिकाका पुरुष २० वर्षीय युवा हुन । ५ संक्रमित थपिएको गण्डकी प्रदेश सरकारले पुष्टि गरेको हो ।

त्यस्तै पर्वतमा पहिलो पटक ५ जनामा कोरोना संक्रमण फेला परेको छ । जिल्लाको फलेबास नगरपालिका स्थायी घर भई कुश्मा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका क्रमश: २० र ४० वर्षीय २ पुरुष र पर्वतकै महाशिला गाउँपालिका स्थायी घर भएका र कुश्माकै क्वारेन्टाइनमा रहेका १९, २० र २१ वर्षीय ३ पुरुष गरी ५ जनाका कोरोना देखिएको प्रदेश सरकारले जनाएको छ ।

संक्रमितहरु सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । पछिल्लोपटक १० संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ३७ पुगेको  प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- भेटघाटमा दिनबित्नेछ । शंकाले प्रेममा बाधा गर्नेछ । अलमलमा दिन बित्नेछ वृष- सरसामान हराउन सक्नेछ । अनावस्यक धन खर्च…

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ…

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल…

मेष- बोलीको प्रभावले फाइदा हुनेछ । धनको कारोबार बढ्नाले आर्थिक झन्झट कम हुनेछ । वैवाहिक सुख मिल्ने एवम् इष्टमित्रबाट सहयोग…

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज युथफोर्सको भ्याली कमाण्ड घोषणा गरेको छ । काठमाडौंको बबरमहलस्थित…