इजरायलको प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई कोरोना देखियो

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयका एक कर्मचारीलाई कोरोना संक्रमण भएको खुलेको छ । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री नेतन्याहु ती संक्रमित कर्मचारीको सम्पर्कमा भए/नभएको बारे भने प्रष्ट पारेको छैन ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा अनुसन्धान जारी रहेको र संक्रमित व्यक्तिको सम्पर्कमा आएकालाई आवश्यक दिशानिर्देशन गर्ने उल्लेख छ । प्रधानमन्त्री नेतन्याहुले यसअघि दुई पटक कोरोना संक्रमणको खतरा सामना गरिसकेका छन् । गत मार्च महिनामा नेतान्याहुका सल्लाहकारमा संक्रमण देखिएको थियो भने त्यसपछि अप्रिलमा तत्कालीन स्वास्थ्यमन्त्रीलाई कोरोना आशंकामा परीक्षण गरिएको थियो ।

इजरायलमा हालसम्म १७ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका अनुसार हालसम्म इजरायलमा कोरोना संक्रमणका कारण २ सय ८५ जनाको मृत्यु भइसकेको छ । इजरायलमा संक्रमणको दर दिनानुदिन बढीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोल्टी होटलका ५५ जना कर्मचारीलाईपनि क्वारेन्टाइनमा राखिएको छ ।

आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

काठमाडौं। अब मास्क नलगाई हिड्नेहरु पक्राउ पर्ने भएका छन् । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन…

काठमाडौं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले असार २२ गते अर्थात आज बोलाइएको नेकपा स्थायी समिति बैठक २४ गतेसम्मका…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले आफूहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मात्रै…