Logo आश्विन १३, २०७७ मंगलबार


क्वारेन्टाइनमा बसेकी युवतीको मृत्यु

बैतडी । क्वारेन्टाइनमा बसेकी एक युवतीको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको हो।

मंगलबार मृत्यु भएकी युवती लामो समयदेखि मुटुको बिरामी रहेको नगरपालिकाकाे स्वास्थ्य शाखा प्रमुख बिनोद कुँवरले जानकारी दिए । कुँवरका अनुसार १८ गते क्वारेन्टाइनमा बस्न आएकी उनको मंगलबार राति करिब २ बजे अचानक मृत्यु भएको हो । मृतक महिला, उनका श्रीमान, एक  छोरा र अर्का एक आफन्तको स्वाब संकलन भइरहेको छ ।

मृत्यु भएकी युवती जेठ १६ गते गौरीफन्टा नाका हुँदै बैतडी पुगेकी थिइन् । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले युवती भारतको पञ्जाबबाट मुटु रोगको उपचार गराएर फर्किएको र आर्थिक समस्याका कारण विगत केही दिनदेखि  उनले औषधि सेवन नगरेको पाइएको भट्टको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।