लकडाउनको ७१ दिनपछि चेकजाँच बिना गुड्न थाले निजी सवारी

फाइल तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न सडकमा लकडाउनको ७१ दिनपछि मंगलबार निजी सवारी साधन सुरक्षाकर्मीको चेकजाँच बिना गुड्न थालेका छन् । मुलुकमा पछिल्लो समय कोरोना संक्रमित झन् बढ्दै गए पनि प्रशासनले उपत्यकाभित्र विभिन्न कार्यको लागि निजी सवारीलाई रोकतोक बिना आउजाउ गर्न दिएको हो ।

सडकमा चेकजाँच बिना सवारी गुड्न पाएपछि उपत्यकावासीले लकडाउन खुकलो भएको महशुस गरेका छन् । सडकका तैनाथ सुरक्षाकर्मिले यसअघि सवारी चेकजाँच गर्दै आएका थिए । तर मंगलबारदेखि भने सडकमा निर्वाध रुपमा गुडेका कार र मोटरसाइकल लगायतका निजी सवारी साधनलाई सुरक्षाकर्मीले चेकजाँच गर्न छोडेका छन् ।

सवारी साधान चेकजााच नगरे पनि यद्यपि सुरक्षाकर्मीले निगरानी भने गरिरहेका छन् ।  शहरका मुख्य सडकमा मंगलबार बिहानै देखि सवारी साधनको चाप बढ्दै गएको छ । जडिबुटी, कोटेश्वर नयाँ बानेश्वर र माइतीघर लगायतका स्थानको सडकमा सवारी ट्राफिक जाम नै लाग्न थालिसकेको छ । लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको र मानिसहरु काममा निस्किन थालेपछि उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढेको हो ।

आज लकडाउनको ७१ दिन पुगेको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ । जेठ २० गते (आज) सम्मका लागि तोकिएको लकडाउन शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गते सम्मका लागि लम्ब्याउने निर्णय गरेको थियो । तर यस बिचमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल भइरहेकाे छ ।

मन्त्रिपरिषद्को शनिबारको  बैठकले लकडाउनको नयाँ ढाँचा तयार गर्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन समेत दिएको थियो । त्यही निर्देशन अनुसार समितिले मंगलबार लकडाउनको मोडालिटीमा छलफल गर्न बैठक आह्वान गरेको छ । लकडाउन जारी हुँदा चैत ११ गते दुई जना मात्रै संक्रमित रहेकोमा अहिले लकडाउनको ७१ दिन पुग्दा १ हजार ८ सय ११ पुगेको छ । यसबीचमा ८ जनाको मृत्यु पनि भइसकेको छ । लकडाउन भएपनि संक्रमितको संख्याको वृद्धिदर बढ्दै जाने र अर्थतन्त्रमा पनि गम्भीर असर पर्दै जाने भएकाले लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकारलाई दवाब पर्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अभिमुखिकरण सेवा दिने संस्थाहरुको पनि नविकरण हुने व्यवस्था मिलाउन व्यवसायीहरुले माग गरेका छन्।

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…

काठमाडौं । गर्भवती भन्नाले महिला बुझिन्छ । तर कहिले काँही अनौठा घटना समेत हुने गर्छ । भारतको उत्तर प्रदेशमा त्यस्तै…