काेराेना संक्रमण बढ्दै गएपछि सेना परिचालनको तयारी

काठमाडौं । काेराेना संक्रमण बढ्दै गएपछि सरकारले सेना परिचालनको तयारी गरिरहेको छ । सरकारले संक्रमण बढेका स्थानमा सबै जिम्मेवारी सेनालाई नै दिने गरी सेना परिचालनको तयारी गरेको हो । गत शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा २६७ (६)अनुसार महामारीको बेला नेपाली सेना परिचालन गर्ने निर्णय गरिसकेको छ । संविधानअनुसार संकटको समयमा राष्ट्रपतिबाट सेना परिचालनको घोषणा हुन सक्नेछ ।

संविधानको धारा २६७ को उपधारा )(६) मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुने र सेना परिचालनको घोषणा भएको मितिले एक महिनाभित्र प्रतिनिधिसभाबाट अनुमोदन हुनुपर्ने उल्लेख छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले समेत शनिबार नै सेनालाई परिचालन गर्ने निर्णय गरिसकेको छ ।

सरकारले स्वदेश फर्किने नेपाली नागरिकको आइसकेपछिको व्यवस्थापनको जिम्मेवारीसमेत सेनालाई दिइसकेको छ । गत १२ जेठको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सेनालाई भारतसहित विदेशबाट ल्याइने नागरिकको व्यवस्थापनको जिम्मेवारी दिएको हो । जसअनुसार विदेशबाट आउनेहरूलाई सेनाले होल्डिङ सेन्टर हुँदै घरसम्म पु(याउनेछन् ।

यसैगरी, क्वारेन्टिनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापन गर्ने पहिलो जिम्मेवारी सेनालाई छ भने दोस्रोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तोकिएको छ । जसमा स्थानीय तहलाई पनि राखिएको छ । सीसीएमसीले करिब ९ लाख नेपाली विदेशबाट फर्किने अनुमान गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । बैंक तथा सहकारी भोलि शनिबार पनि खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भोलि…

अभिमुखिकरण सेवा दिने संस्थाहरुको पनि नविकरण हुने व्यवस्था मिलाउन व्यवसायीहरुले माग गरेका छन्।

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…