वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकीमा आक्रमण, असईको पेस्तोल समेत खोसे

काठमाडौं । रुकुम पश्चिममा वडा अध्यक्षको नेतृत्वमा मंगलबार बेलुका ९ बजे मुसिकोट नगरपालिका १४ को छिवाङ्ग ज्युलामा रहेको अस्थायी प्रहरी पोष्टमा आक्रमण भएको छ ।  जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसीकोनेतृत्वमा आएका २०,२५ जना युवाहरुको समूहले आक्रमण गरेको हो । अत्याधिक जाँडरक्सी खाएर आएका अध्यक्ष केसीको टोलीले प्रहरीको इन्ट्रिपोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घर माथी ढुङ्गामुढाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

पोष्टमा एक्कासी आक्रमण गरेका उनीहरुले प्रहरी इन्चार्जको पेस्तोल खोसेर पछि फेरि फिर्ता गरेर भागेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार उनीहरुले प्रहरीको हतियार खोसेर भाग्न खोजेको बेला प्रहरीले बल प्रयोग गरी हतियार फिर्ता लिएका हुन् । प्रहरी सहायक निरीक्षक (असई)को नेतृत्वमा ६ जना प्रहरी रहेको उक्त पोष्टमा आक्रमण हुँदा केही प्रहरी काम विशेषले बाहिर रहेको बताइएको छ । उनीहरुले प्रहरी इन्ट्री पोस्ट भत्काउनुका साथै इन्चार्जको बर्दिसमेत च्यातेका छन् भने अन्य दुई जना प्रहरी जवानलाई समेत कुटपिट गरेका छन् ।

प्रहरीका अनुसार दादागिरी मच्चाउँदै आएका अध्यक्ष केसीलाई बिहान हेलमेट बिनै मोटरसाइकल चलाएको बेला ट्राफिक नियम उल्लंघन नगर्न ड्युटीमा रहेको प्रहरीले अनुरोध गरेको र जवाफमा अध्यक्ष केसीले ‘तँ हवल्दार चुप लाग, तँलाई देखाइदिन्छु पख’ भन्दै झोक्किएर गएका थिए । त्यसैगरी उनले केही दिन अगाडि छिमेकी सिम्ली गाउँका केटाहरूलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका थिए । तर प्रहरीले ती युवाहरूको केही कमजोरी नभएको भन्दै छोडेको थियो । जिल्ला प्रहरी कार्यालयबाट परिचालन भएको टोली घटनास्थल पुग्न नपाउँदै उनी भागेको र अहिले सम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।