लकडाउनकै बेला ४ अर्बको नागरिक बचत, अवधि लम्बियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ १ गतेदेखि बिक्री खुल्ला गरेको ४ अर्ब रुपैयाँको नागरिक बचतपत्रको अवधि बढाएको छ ।  यसअघि जेठ २१ गतेसम्म बिक्री खुला रहने भनिएको बचतपत्रको अवधि असार २१ अर्थात् एक महिनाका लागि थपिएको हो ।

पाँच वर्षे अवधिको नागरिक बचतपत्र २०८२ मा वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान हुने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक नेपाली नागरिकले  राष्ट्र बैंकका उपत्यका बाहिरका शाखा, वाणिज्य बैंक तथा वित्तीय संस्थाबाट बचतपत्रका लागि खरिद आवेदन पेश गर्न सक्नेछन् । खरिद आवेदन  राष्ट्र बैंकको वेवसाइटबाट पनि डाउनलोड गरी दिन सकिने छ ।

बचतपत्र खरिद गर्न घटीमा १० हजार रुपैयाँदेखि बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिनुपर्नेछ । प्रत्येक छ, छ महिनामा प्रदान हुने ब्याज आफूलाई पायक पर्ने वाणिज्य बैंकहरू, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यका बाहिरका राष्ट्र बैंकका कार्यालयबाट लिन सकिनेछ । बचतपत्रको साँवा २०८२ असार २९ गते फिर्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…

काठमाडौं । गर्भवती भन्नाले महिला बुझिन्छ । तर कहिले काँही अनौठा घटना समेत हुने गर्छ । भारतको उत्तर प्रदेशमा त्यस्तै…

काठमाडौं । लकडाउनको कारण सार्वजनिक बस बन्द भएको अवस्थामा निजी सवारी साधानले चर्को भाडा लिएर यात्रु बोक्न थालेका छन् ।…

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।