प्रधानमन्त्रीले विभिन्न क्षेत्रका विज्ञसँग लकडाउनबारे छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विभिन्न क्षेत्रका विज्ञसँग लकडाउनबारे छलफल गर्नुहुने भएको छ । प्रधानमन्त्रीले स्वास्थ्य र अर्थसहित विभिन्न क्षेत्रका विज्ञसँग सँग (आज) बुधबार दिउँसो छलफल गर्न लाग्नु भएको हाे ।

लकडाउनबारे छलफल गर्न विभिन्न क्षेत्रका विज्ञलाई दिउँसो ४ बजे प्रधानमन्त्री निवासमा बोलाइएको  प्रेस सल्लाहकार सूर्य थापाले जनता समाचारलाई जानकारी दिनुभएको छ ।

मन्त्रिपरिषद्ले लकडाउनको मोडालिटी परिवर्तन गर्ने जिम्मेवारी कोरोना भाइरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिलाई दिएको छ । उच्च स्तरीय समितिले मंगलबार उद्योगी, व्यवसायी र सामाजिक क्षेत्रका विभिन्न व्यक्तिसँग छलफल गरेको थियो । उद्योगीले क्षेत्र छुट्याएर जनजीवन सहज बनाउँदै लैजानुपर्ने सुझाव दिएका थिए ।

पछिल्लो पटक सरकारले जेठ ३२ गतेसम्मका लागि लकडाउन थप गरेको छ । जनस्तरबाटै विरोध आउन थालेपछि सरकारले थपिएको अबधि अगावै मोडालिटी परिवर्तन गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…