विश्व शान्ति र काेराेना निवारणका लागि मच्छिन्द्रनाथको मन्दिरमा दीप प्रज्वलन

फाइल तस्बिर

काठमाडौं । विश्व शान्तिको कामना गर्दै ललितपुर स्थिति मच्छिन्द्रनाथको मन्दिरमा दीप प्रज्वलन गरिएको छ । न्यकू जात्रा मतया व्यवस्था केन्द्रीय समितिले सहकालका देव मच्छिन्द्रनाथको मन्दिरमा १ सय ८ दीप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेको हो ।

समितिका अध्यक्ष आशारत्न शाक्यले विश्वभर फैलिदै गएको कोभिड–१९ महामारीको निवारणका लागि प्राथना र विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको बताउनुभयो । उहाँले मच्छिन्द्रनाथ देवसँग विश्वभर शान्ति अमनचयन कायम गर्ने शक्ति रहकोले दीप प्रज्वलन गरी प्राथना गरिएको बताउनुभयो ।

मच्छिन्द्रनाथको मन्दिरमा विशेष पूजाआजा गरी दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलनका लागि समितिका सबै पदाधिकारीहरुको उपस्थिति रहेको अध्यक्ष शाक्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।