हो, म टिकटक बनाउँछु

हो, म टिकटक बनाउँछु
टिकटक बनाएर मन भुलाउँछु
नाच्दै–गाउँदै भिडियो बनाउँछु
नजाने पनि अभिनय गर्छु
लिप सिङ्क मिस नहोस् भनि खुबै ध्यान दिने गर्छु
कहिले गीतमा त कहिले डायलगमा रमाउँछु
कहिले हाँसोमा त कहिले रोदनमा भावभंगीमा मिलाउन खोज्छु ।

कसैको कुरा नकाटेर,
समयलाई पनि साँचेर,
टिकटक बनाउनु के गल्ती हो र ?
कसैसँग रिसराग छैन,
कसैसँग जलन पनि छैन,
कसैलाई नराम्रो भनेको पनि छैन,
अनि के टिकटक बनाएर पाप नै गरेँ र ?

काम पनि गरेकै छु,
जिम्मेवारी पनि पूरा गरेकै छु,
अनि फेरि किन टिकटक बनायो मात्र भन्छौ ?
सबैलाई मेरो टिकटक देखाएर हाँसोमा उँडाउदै हिँड्छौ ?

बरु म त भन्छु, तिमी पनि टिकटक बनाऊ
हरेक क्षणमा रमाएर जिउन सिक
अनि खुशी होऊ, हाँस र हँसाऊ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । बैंक तथा सहकारी भोलि शनिबार पनि खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भोलि…

अभिमुखिकरण सेवा दिने संस्थाहरुको पनि नविकरण हुने व्यवस्था मिलाउन व्यवसायीहरुले माग गरेका छन्।

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…