‘स्वास्थ्य संकटकाल’ घोषणा गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ इमर्जेन्सी’ घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लग्ने निर्णय गरेको छ ।

बैठकको निर्णयको २ नम्बर बुँदामा मा २ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएकोले .संक्रामक रोग ऐन २०२० अन्तर्गत् हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।

बैठकको निर्णयको २ नम्बर बुँदामा मा २ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएकोले .संक्रामक रोग ऐन २०२० अन्तर्गत् हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।

संक्रामक रोग ऐन २०२० को दफा २ मा नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिएमा सरकारले त्यो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने प्रावधान छ।

मन्त्रालयका कोरोना भाइरस इन्सिडेन्ट कमाण्ड सिस्टमको प्रमुख डा गुणराज लोहनीले त्यही ऐनको आधारमा हेल्थ इमर्जेन्सी घोषणा गर्ने प्रस्ताव लग्ने निर्णय भएको जानकारी दिनुभयो । ‘हेल्थ इमर्जेन्सीको मापदण्ड मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि जारी गर्छौं’ बैठकपछि उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।