चार घण्टाको छलफलपछि प्रधानमन्त्रीकाे भनाई–बैठक महत्वपूर्ण

काठमाडौं । प्रधानमन्त्री केपी ओली र विभिन्न क्षेत्रका विद्हरुबीच छलफल सकिएको छ । प्रधानमन्त्रीले विभिन्न क्षेत्रका विद्सँग लकडाउनबारे परामर्श छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेदेखि भएको छलफल भर्खरै सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । ‘प्रधानमन्त्री  र विभिन्न क्षेत्रका विद्हरुबीच करिब ४ घण्टा भएको  छलफल उपलब्धिमूलक र फलदायी भएको छ’, प्रेस सल्लाहकार थापाले भन्नुभयो ।

प्रधानमन्त्री ओली विभिन्न क्षेत्र विशिष्ठ व्यक्तिसँग कोरोना भाइरस रोकथाम र लकडाउनबारे आफूले परामर्श गरेको जानकारी गराउनु भएको छ ।

‘आज मैले कोरोना महामारीको नियन्त्रण, रोकथाम, र उपचारको सम्बन्धमा विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ठ व्यक्तित्वहरुसँग परामर्श गरेँ । अर्थशास्त्री, योजनाविद्, जेण्डरविद्, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद्, नर्सहरुसँगको यो बैठक महत्वपूर्ण रुपमा सम्पन्न भयो’, बैठकपछि प्रधानमन्त्रीले ट्वीटमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।