कुखुराको खोरमा गाँजाको भण्डार

महोत्तरी । एकडरा गाउँपालिका–९ मा कुखुराको खोरमा गाँजाको भण्डार फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार करिब २ क्विन्टल गाँजा कुखुराको खोरमा फेला पारिएको हो ।

बस्तीमा लागुपदार्थको कारोबार भएको सूचनाको आधारमा खोजीमा जाँदा उक्त परिमाणमा गाँजा भेटिएको प्रहरीको भनाइ छ । कुखुराको खोरमा लुकाएर राखेको अवस्थामा एक सय ८० किलो गाँजा बरामद गरेको बताइएको छ ।

प्रहरी निरीक्षक केदार बस्नेतको नेतृत्वको प्रहरी टोलीले कुखुराको खोरमा गाँजा भण्डारण फेला पारेकाे हाे । भारतसँग सीमा जोडिएको एकडरा गाउँपालिका लागुऔषध गाँजाको ओसारपसरा हुने केन्द्रका रुपमा चिनिएको छ ।

यसक्षेत्रमा गाँजा खेती लगाएको भेटिएमा प्रहरीले नष्ट गर्ने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…

रुपन्देही । रोहिणी गाउँपालिकामा जंगली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मा विषालु च्याउ…