स्वास्थ्यकर्मी तथा कर्मचारीमाथिको आक्रमणप्रति आधिकारिक ट्रेड यूनियनद्वारा भर्त्सना

काठमाडौं । मुलुकको विभिन्न स्थानमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि भएको आक्रमणको निजामती कर्मचारीहरुको आधिकारिक ट्रड यूनियनले भर्त्सना गरेको छ ।

स्वास्थ्यकर्मी तथा कर्मचारी यतिखेर कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारमा जुटिरहेका छन् ।

ट्रेड यूनियनले  सम्बिन्धत कार्यालयले  तोकेको जिम्मेवारीमा खटिरहेको बेला जेठ १८ गते डोटीमा कार्यरत अहेब रमेश कुँवर तथा जेठ २१ गते कुँवर र वैरिया मदसामा क्वारेन्टाइनमा कार्यरत स्वास्थ्य संयोजक खुर्सेद आलम लगायत ३ स्वास्थ्यकर्मी र भैरवी गाउँपालिका वडा नम्बर ४ को क्वारेन्टाइनमा कार्यरत प्रशासकीय अधिकृत हिरासिंह थापामाथि सांघातिक आक्रमण भएको जनाउँदै त्यसको भर्त्सना गरेको छ ।

ट्रेड यूनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले बिहीबार विज्ञप्ति जारी गरी आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अभिमुखिकरण सेवा दिने संस्थाहरुको पनि नविकरण हुने व्यवस्था मिलाउन व्यवसायीहरुले माग गरेका छन्।

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…

काठमाडौं । गर्भवती भन्नाले महिला बुझिन्छ । तर कहिले काँही अनौठा घटना समेत हुने गर्छ । भारतको उत्तर प्रदेशमा त्यस्तै…