तेह्रथुममा गर्भवती महिला र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । तेह्रथुम जिल्लाको आठराइ गाउँपालिकामा पहिलो पटक एक २० वर्षीय युवती र एक २९ वर्षीय सस्त्र प्रहरीका जवानमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । आठराई गाउँपालिका–४ का २० वर्षीया युवती र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प सक्रन्तिमा कार्यरत २९ वर्षीय प्रहरी जवानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिएका छन।
उनीहरुसहित अन्य १९ जनाको गत जेठ १६ गते स्वाब सङ्कलन गरी विराटनगरको कोशी अञ्चल अस्पतालमा परीक्षणका लागि पठाइएको थियो भने अन्यको रिपोर्ट आउन बाँकी रहेको प्रजिअ न्यौपानेले बताएका छन्।

उक्त कोरोना पोजेटिभ देखिएकी युवती गत जेठ १३ गते भारतबाट कपिलवस्तु नाका हुँदै तेह्रथुम आएकी हुन्। उनी ६ महिनाको गर्भवती रहेको प्रशासनले जनाएको छ। अर्का संक्रमीत सशस्त्र प्रहरी जवान भने गत दुई महिनादेखि क्याम्पमै रहेको प्रजिअ न्यौपानले जानकारी दिए।संक्रमित दुवै जनालाई अहिले आठराइ गाउँपालिकाले तयार गरेको आइसोलेसनमा राखिएको छ। दुवैलाई बिहीबार धरानस्थित कोरोना अस्पतालमा उपचारका लागि पठाइने प्रशासनले जनाएको छ। पहिलोपटक कोरोना भाइरस संक्रमित देखिएपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा अपनाइएको प्रजिअ न्यौपानेले बताए।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

अभिमुखिकरण सेवा दिने संस्थाहरुको पनि नविकरण हुने व्यवस्था मिलाउन व्यवसायीहरुले माग गरेका छन्।

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…

काठमाडौं । गर्भवती भन्नाले महिला बुझिन्छ । तर कहिले काँही अनौठा घटना समेत हुने गर्छ । भारतको उत्तर प्रदेशमा त्यस्तै…