विदेशमा अलपत्र परेका नेपालीको आजबाट उद्धार

काठमाडौं । लामो समयको प्रतीक्षापछि शुक्रबारदेखि विदेशमा अलपत्र परेका नेपालीको उद्धार कार्य थालिने भएको छ । विश्वभर महामारिका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण रोजागरी गुमाएका एवं अन्य विभिन्न काम विशेषले विदेश पुगेर अलपत्र परेका नेपाली नागरिकलाई लिएर शुक्रबार २ वटा विमान चाटर्ड उडान भरि नेपाल आउने भएका हुन् ।

विदेशमा अलपत्र परी गम्भीर समस्यामा परेका नेपालीलाई तत्काल ल्याउने तयारी सरकारले गरेसँगै पहिलो चरणमा संयुक्त अरब इमिरेट्स ९यूएई० र म्यानमारबाट एक(एकवटा विमान नेपाल आउन लागेका हुन् । अहिले युएई तथा म्यानमारबाट आफूहरूलाई औपचारिक रूपमा पत्र नआए पनि मौखिक जानकारी भने आइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागले जानकारी दिएको छ ।

अध्यागमन विभागका अनुसार पहिलो चरणमा शुक्रबार दुईवटा विमान नेपाली नागरिकलाई लिएर चार्टड उडान भरी नेपाल आउन लागेका हुन् । विदेशमा अलपत्र नेपालीहरूबाट पहिलो चरणमा लकडाउनका कारण रोजगारीका लागि विदेश गएर भिसा सकिएका, घर फिर्ती केन्द्रमा रहेका, आममाफी पाएका, ज्येष्ठ नागरिक, महिला, बिरामी, परिवारलाई भेट्न गएका, भिसा अवधि सकिएर स्वदेश आउनकै लागि यसअघि नै चेकआउट भएका र आफन्त बितेर अन्तिम संस्कारमा आउनुपर्नेहरूलाई स्वदेश ल्याउने निर्णय सरकारले गरेको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।