दुई महिलाले क्वारेन्टाइनमै शिशु जन्माए

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् ।

जेठ १२ गते भारतबाट फर्किएकी दिपायल सिलगढी नगरपालिका–२ की २१ वर्षीया गीता आउजी र जेठ १५ गते मुम्बईबाट फर्केकी २५ वर्षीया पूजा सार्कीले क्वारेन्टाइनमै शिशु जन्माइएकी हुन् । उनीहरु दुवै जना भारतबाट आफ्ना श्रीमानसहित फर्किएका थिए ।

भारतबाट आएपछि आउजी खातीवडास्थित देवी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बसकी थिइन । उनले क्वारेन्टाइनमै छोरो पाएको वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिनुभयो । ‘आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ, स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी पठाइएको छ’, वडाध्यक्ष खड्काले भन्नुभयो, ‘आरडिटीपछि नतिजा नेगेटिभ आए होम क्वारेन्टिनमा बस्ने गरेर पठाउँछौँ ।’

त्यस्तै भारतबाट आएकी पूजा शिखर नगरपालिका वडा नम्बर ३ को भवानी आधारभूत विद्यालय खन्याडी छडीमाडौं क्वारेन्टाइनमा बसेकी थिइन् । पूजाले पनि सकुशल रूपमा छोरो जन्माएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिनुभयो । अहिले सुत्केरी र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…

काठमाडौं । गर्भवती भन्नाले महिला बुझिन्छ । तर कहिले काँही अनौठा घटना समेत हुने गर्छ । भारतको उत्तर प्रदेशमा त्यस्तै…

काठमाडौं । लकडाउनको कारण सार्वजनिक बस बन्द भएको अवस्थामा निजी सवारी साधानले चर्को भाडा लिएर यात्रु बोक्न थालेका छन् ।…

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।