वातावरणीय असन्तुलनबाट उत्पन्न काेराेना महामारी

कोरोना पशुपंक्षी, मुसा, चमेरो र लगायतका जंगली जनावरको शरीरमा पाइने भाइरस हो । यसले कुखुरा, चरा, सुँगुर तथा अन्य पशुपक्षीमा रुघाखोकी गराउँछ । पशुपंक्षीमा देखा पर्ने प्राय भाइरस मानिसको सम्पर्कमा आउनेगर्छ । भाइरसले आफ्नो आनुवंशिक रुपमा परिवर्तन गर्दै जाँदा नयाँ भाइरसको विकास हुन्छ ।अनुसन्धानकर्ताहरुका अनुसार मानवले वातावरणप्रति देखाउने अव्यवहारिकताका कारण नयाँ नयाँ प्रजातिका विषाणु तथा किटाणु उत्पन्न हुनेगर्छ । कोभिड १९ पनि यस्तै वातावरणीय असन्तुलनको परिणाम हो । गरिब होस् या धनी सुविधा सम्पन्न भएपनि वातावरणमा पारेको असरबाट आज यस्तो भयावहको स्थिति आएको हो ।

जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रुपमा सम्झना गरिन्छ ।वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महशुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन शुरू गरिएको हो ।हरेक जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा संसारभर मनाइन्छ । नेपालले विश्व वातावरण दिवसलाई सन् १९७६ देखि नियमित रूपमा मनाउँदै आइएको छ । प्राणी जगतकोे संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्य अनुरूप वातावरण दिवस मनाउँदै आइएको छ ।सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उद्देश्यले वातावरणीय र पर्यावरणीय मुद्दाबारे समाजमा जागृति ल्याउने उद्देश्य अनुरुप यो दिवसको घोषणा गरिएको थियो । वातावरणको महत्वलाई दर्शाउन यो दिवस विश्वभर मनाइन्छ । विश्व वातावरण दिवसमा एउटा उद्देश्य तय गरि मनाउने गरिन्छ । यस वर्षको विश्व वातावरण दिवस जैविक विविधतासँग सम्बन्धित छ ।

विगतका वर्ष झै सन २०२० जुन ५का दिन यो दिवस मनाउनु पर्ने हो ।  बिडम्बना गत डिसेम्बर २०१९को अन्तिमतिरबाट संसारभर मानव स्वास्थ्यमा कोरोना अर्थात् कोभिड १९ ले प्रतिकूल प्रभाव पार्न थाल्यो । विश्वभर फैलिरहेको कोभिड १९ को महामारीले सबै कार्यक्रम तहसनहस पारिदिएको छ । विश्वभरका मानव अदृश्यविषाणु कोरोना भाइरस (कोभिड–१९)सँग प्रतिरोधात्मक संघर्ष गरिरहेको अवस्था छ । यस वर्ष कोभिड १९ ले विश्व समुदाय आतंकित भइ नै रहेको छ । कोरोना भाइरस अर्थात् कोभिड १९ ले मानव स्वास्थ्यमा तीब्र रुपले आक्रमण गर्ने क्रम जारी नै छ ।

जीवित र निर्जीव वस्तुको समष्टिगत रुप नै वातावरण हो । भूमि, हावा, पानी,सौर्यशक्ति, मानव प्राणी, जीवजन्तु, बिरुवा, जंगलर अन्य वस्तु सबै प्राकृतिक परिवेश समेतलाई वातावरण भनिन्छ। मानवजातिको जीवनशैली सँगसँगै रहेको भूमि, हावापानी, बोटबिरुवा, जीवजन्तु, जंगल आदि सबै मिलेर बनेका प्राकृतिक एवं पर्यावरणीय विविधतालाई पनि वातावरण भनिन्छ । संक्षेपमा भन्ने हो भने वातावरण प्राकृतिक सम्पदा हो ।

सृष्टिको शुरुवातदेखि नै मानवकोअन्य प्राणी र वनस्पतिका बीच अन्योन्यास्रित सम्बन्ध रहीआएको छ । सम्पूर्ण प्राणीको सृष्टि प्रकृतिबाटै भएकाले सबै प्राणीलाई प्राकृतिक परिवेशले उचित स्थान प्रदान गरिदिएको हुन्छ । मानव पनि प्राकृतिक सृष्टि भएकाले उ कहिल्यै पनि प्राकृति पर्यावरणबाट अलग रहन सक्दैन । मानव स्वभावले नै विविधता मनपराउँछ । मानवजीवन पनि प्राकृतिक विविधताले गर्दा मात्र संभव छ । मानव मात्र होइन, समस्त प्राणी सन्तुलित वातावरण चाहन्छ । वातावरण संतुलन अन्तर्गत पारिस्थितिक प्रणाली, प्रजातिय प्रणाली र वंशाणुगत प्रणालीको विविधताबीचकोे संतुलन पर्छ । पृथ्वीमा रहेका सबै जीवित तथा निर्जीव चीजले नै प्रकृतिमा वातावरणीय सन्तुलन कायम गरेका हुन्छन । प्रकृतिले सन्तुलित वातावारण तयार गरिदिएर सम्पूर्ण जीवित प्राणीको जीवनलाई स्वस्थ बनाइदिएको हुन्छ । प्रकृतिले प्रदान गरेको सन्तुलित वातावरणकै भरमा मानवको जीवन अडेको छ । तर, हालका दिनमा मानव निर्मित अनियन्त्रित प्राकृतिक दोहनबाट वातावरणीय असन्तुलन बढेको छ ।

वैज्ञानिक चमत्कारले प्राकृतिक वातावरणीय अवस्थाको विनाश गर्नै पर्छ भनेको छैन । मानवले विवेकहीन ढंगले प्राकृतिक स्रोतको उपयोग तथा दुरुपयोग गर्दा मानिस संकटको भूमरीमा फसिरहेको छ । परिणाम स्वरुप वातावरण असन्तुलित हुन गइ जैविक पर्यावरणमा प्रतिकुलता देखापरिरहेको छ । पारिस्थितिक सन्तुलनमा समस्या देखिरहेको पाइन्छ । मानवले प्राकृतिक स्रोतको विवेकपूर्ण प्रयोग नगर्दा वातावरणमा विकृति र विसङ्गति देखिएका हुन्छन् ।

वातावरणीय असन्तुलन भन्नाले कुनै पनि मानवीय गतिविधिको कारण प्राकृतिक तत्व र प्राणी जगतमा हुने विकृति अर्थात् पर्यावरणमा पार्ने नकारात्मक असरलाई बुझ्न सकिन्छ । पृथ्वीमा भएका प्राणीको आ आफ्नै अस्तित्व रहदै आएको हुन्छ । जीवित प्राणीको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई वातावरणीय असन्तुलन हो पनि भनिन्छ । दिनप्रतिदिन बढ्दो शहरीकरण, आणविक हातहतियारको प्रयोग, विषालु रसायनको प्रयोग आदिले पर्यावरणीय पारिस्थितिक प्रणाली विथोलिन जान्छ । पृथ्वीमा रहेका कैयौं वनस्पति तथा जीवजन्तु लोप भएका छन्,  केही लोप हुने अवस्थामा छन् । जसले गर्दा मानवजातिको मात्र नभइ यस धर्तीमा रहेका सम्पूर्ण जीवजन्तु तथा वनस्पतिको अस्तित्व संकटमा परिरहेको छ । मानव आफैले वातावरणलाई असन्तुलित गराएर आफ्नै जीवनलाई छोट्याइरहेको छ ।असन्तुलित वातावरणमा मानवीय जीवन मात्र होइन, समस्त प्राणी जगत नै खतरामा परिरहेको छ । यस्तै स्थिति रहिरहे मानवजातिको मात्र होइन सम्पूर्ण प्राणीको अस्तित्व समाप्त हुन सक्दछ ।

विज्ञानको चमत्कारीक दुनियाँमा मानवजगत रमाइरहेको छ । आज मानवीय जीवनलाई सहज, सुविधायुक्त, छिटो, छरितो बनाउने कार्य भइरहेका छन् । मानिसले उन्नति गरिरहेको देखिन्छ । वैज्ञानिक चमत्कार र मानवीय उन्नतिभित्र प्रकृतिको विनाश समेटिनु हुँदैन । वैज्ञानिक चमत्कारले प्राकृतिक वातावरणीय अवस्थाको विनाश गर्नै पर्छ भनेको छैन । मानवले विवेकहीन ढंगले प्राकृतिक स्रोतको उपयोग तथा दुरुपयोग गर्दा मानिस संकटको भूमरीमा फसिरहेको छ । परिणाम स्वरुप वातावरण असन्तुलित हुन गइ जैविक पर्यावरणमा प्रतिकुलता देखापरिरहेको छ । पारिस्थितिक सन्तुलनमा समस्या देखिरहेको पाइन्छ । मानवले प्राकृतिक स्रोतको विवेकपूर्ण प्रयोग नगर्दा वातावरणमा विकृति र विसङ्गति देखिएका हुन्छन् । वातावरणीय असन्तुलनले गर्दा मानवजगतले प्राकृतिक विपत्ति,कोभिड १९ जस्ता महामारी रोगका साथसाथै भू–क्षय, बाढी, पहिरो, खडेरी, अतिवृष्टि, अनावृष्टि आदिको समस्या भोग्नु परिरहेको छ । जसको परिणाम उपभोग्य वस्तुको उत्पादन घटिरहेको, जलस्रोत सुकिरहेको र मानव लगायत सम्पूर्ण प्राणी संकटमा परिरहेका छन् ।
शक्तिशाली भनिएका राष्ट्रको गठबन्धनले आर्थिक र सामरिक शक्ति प्रयोग गरेर प्राकृतिक स्रोतले सम्पन्न राष्ट्रमा कब्जा गरिरहेका छन् । जसका कारण सबै विकसित र अविकसित राष्ट्रमा समेत पर्यावरणीय असन्तुलन आएको छ । यी प्रकृतिविरोधी कार्यले गर्दा महामारी रोग र अन्य विनाशक प्रक्रिया विश्वभर फैलिन गई विपद् आउने क्रम निरन्तर नै भइरहेको छ । नयाँ नयाँ प्रजातिका खतरनाक सूक्ष्म विषाणु भाइरस तथा किटाणु व्याक्टेरियाको विकास हुनेगर्छ । भनिन्छ, प्रकृतिले मानिसलाई दण्डित गर्नका लागि र वातावरणलाई सन्तुलनमा ल्याउन विनासकारी महामारी आउने गर्छ । अहिलेको कोरोना अर्थात् कोभिड १९ महामारी पनि मानव जाति र प्रकृतिको अन्तरद्वन्द्वको उपजकै रुपमा आएको हो । कोरोना भाइरसविरुद्ध उपचार पत्ता लाग्न नसकेसम्म वा यस्तै संक्रमण भन्दा धेरै विनाशकारी महामारी रोग संसारभर फैलिने सम्भावना छ । यसको दुष्परिणामबाट विश्वका मानव लगायत प्राणी जगत नै सखाप हुन सक्ने अनुमान पनि गर्न सकिन्छ । तसर्थ, विज्ञानको चमत्कार, विकास प्रबन्ध र मानवका उन्नती प्रकृति केन्द्रित हुनुपर्छ । वातावरणीय सन्तुलन प्रति मानव जिम्मेवार बन्नुपर्छ । सन्तुलित प्राकृतिक वातावरणीय स्वच्छताका लागि मानवक्रियाशील रहनुपर्छ ।

आजका दिनमा नेपालीसहित कोरोना अर्थात् कोभिड १९बाट विश्वभरका मानव तीब्ररुपले प्रभावित भइरहेका छन् । मानवका शारीरिक, पारिवारीक, सामाजिक, आर्थिक, शैक्षिक आदि क्रियाकलापमा नराम्ररोसँग असर पुगिरहेको छ । कोरोना भाइरस अर्थात् कोभिड १९को महामारी पहिलो पटक आएको हो कि भन्ने हामी धेरैलाई लागिरहेको छ । मानव समाजले प्राचिनकालदेखि विभिन्न प्रकारका महामारी भोग्दै आएको इतिहास छ । मानव समाजले विफर, प्लेग, हैजा, पोलियो, क्षयरोग आदिको सामान गर्दै आएको थियो । विकाससँगै गरिएको विनास, प्राकृतिक स्रोतको दोहन, पर्यावरण प्रतिको अतिक्रमणले विश्वव्यापी वातावरण नराम्ररी खलबलाइरहेको छ । शक्तिशाली राष्ट्रलाई समेत अस्तव्यस्त बनाइरहेको रोग हो यो । मानव सभ्यताको इतिहासमा यस्तो रहस्यमय रोग पहिलो पटक देखापरेको हुनसक्छ । यो कोभिड १९ महामारी अन्य रोग भन्दा खतनाक मानिएको छ ।यस्तो महामारीविरुद्ध हामीले कहिलेसम्म सामना गर्नु पर्ला ? छिट्टै निवारण हुन सक्ला? यी जिज्ञासा स्वभाविक रुपमा हाम्रा सामु आइरहन्छन् ।

भाइरस धेरै प्रकारका हुन्छन् । कोरोना पशुपंक्षी, मुुसा, चमेरो र जंगली जनावरको शरीरमा पाइने भाइरस हो । यसले कुखुरा, चरा, सुँगुर तथा अन्य पशुपक्षीमा रुघाखोकी गराउँछ । पशुपक्षीमा देखा पर्ने प्रायजसो भाइरस मानिसको सम्पर्कमा आउनेगर्छ । भाइरसले आफ्नो आनुवंशिक रुपमा परिवर्तन गर्दै जाँदा नयाँ भाइरसको विकास हुन्छ ।अनुसन्धानकर्ताहरुका अनुसार मानवले वातावरणप्रति देखाउने अव्यवहारिकताका कारण नयाँ नयाँ प्रजातिका विषाणु तथा किटाणु उत्पन्न हुनेगर्छ । कोभिड १९ पनि यस्तै वातावरणीय असन्तुलनको परिणाम हो । गरिब होस् या धनी सुविधा सम्पन्न भएपनि वातावरणमा पारेको असरबाट आज यस्तो भयावहको स्थिति आएको हो । कोभिड १९ पनि यस्तै नयाँ प्रजातिको भाइरस हो । हाल देखा परेको भाइरस यसभन्दा पहिले देखा परेका भन्दा नयाँ प्रकारको भएकोले नोवेल कारोना भाइरस (कोभिड–१९) भनिएको हो । यो भाइरस जीवजन्तुबाट मानिसमा सरेको अनुमान गरिएको छ । यो कोभिड–१९ नयाँ प्रजातिको भाइरस भएकोले संसारका मानिसको शरीरमा रोगविरुद्ध लड्ने रोगप्रतिरोध क्षमता छैन । त्यसैले कोभिड–१९ संसार भरी महामारी रोगको रुपमा फैलिंरहेको छ । मौसम परिवर्तनको समयमा देखा पर्ने मौसमी रुघाखोकी वा इन्फ्लुएन्जा भाइरस गर्मीमा प्रायः निस्क्रिय हुन्छन । तर, हाल देखा परेको कोरोना भाइरसको स्वभावअनौठौ छ । यसको तथ्यपूर्ण जानकारी हालसम्म पत्ता लागेको छैन । यसको बारेमा अध्ययन भइरहेको छ ।विश्वभर सबैले आफ्नो स्रोत, साधन प्रयोग गरी आ–आफ्नै तरिकाहरु अपनाएर कोभिड १९ महामारी रोकथाम र निवारण गर्न प्रयत्न गरिरहेका छन् ।

प्रकृति, वातावरण र मानिस एक अर्काेमा फरक देखिए पनि यि एकै हुन् । यिनीहरुबीच एक अर्कासँग अन्योन्यास्रित सम्बन्ध रहन्छ । प्रकृति, वातावरण र मानिसको भिन्नाभिन्नै व्याख्या, सोच विकास भएको छ, जसले प्रकृतिमै असन्तुलन कायम गर्छ । मानिस चेतनशील प्राणी भएकोले प्रकृति र वातावरणबीच सन्तुलन कायम राख्न अग्रसर हुनुपर्छ । वातावरण सुरक्षित बनाइ प्रकृतिमा सन्तुलन कायम राख्नु नै मानिस स्वयं संकटमुक्त हुनु हो । प्रकृतिविरुद्धमा कोही पनि जान सक्दैन । यति कुरा थाहा हुदाँहुदैँ पनि मानव प्रकृतिमाथि विजय प्राप्त गर्ने नाममा गलत कार्य गर्न उद्दत छ । प्राकृतिक संतुलन विथोल्ने काम केवल मानवले मात्र गरेको पाइन्छ । अन्य प्राणी त प्राकृतिक सुन्दरतामै रमाइरहेका हन्छन । मानव चाहिँ प्राकृतिक वातावरणलाई आफ्नो आनुकुल बनाउने कोशिस गर्छ । प्रकृतिकै विनाश गर्न अग्रसर हुन्छ ।

जति विज्ञान प्रविधि आर्थिक ,भौतिक रूपमा विश्व सम्पन्नताको शिखर चढे पनि वातावरणको सन्तुलन गर्न नसक्दा ठूला वा साना विकसित वा अल्पविकसित सबै मुलुकमा असर परिरहेको छ । आज विश्व व्यापी रूपमा बढ्दो तापक्रमले कयौं जीवजन्तुको अस्तित्व खतरामा छ । कैयौं जीवजन्तु लोप भइसकेका छन् । अझै कतिपय लोप हुने क्रममा छन् । सन्तुलित वातावरण रहे मात्र हामी बाँच्न सक्छौँ । यस कुरालाई ध्यान नदिइ दिनानुदिन शहरीकरण, आणविक हातहतियार तथा विषालु रसायनको प्रयोगले गर्दा मानवजातिको मात्र नभइ पृथ्वीमा रहेका जीवजन्तु तथा वनस्पतिको नाश हुन सक्ने गम्भीर परिवेश हाम्रा अगाडि विद्यमान छन् । त्यसैले, समयमै वातावरण संरक्षणमा ध्यान दिन आवश्यक छ ।

हाम्रो सोच विचार वातावरणमा निर्भर गर्छ । मानिसको स्वस्थ र सन्तुष्ट सोचका लागि वातावरण स्वच्छ हुन अत्यन्त आवश्यक पर्छ । जीवनमा महानतम विचारको स्रोत उपयुक्त वातावरण हो । सर्व विकास हुन मानवको शारीरिक, मानसिक र सामाजिक विकास हुन आवश्यक पर्छ । यसका लागि जैविक विविधताको संरक्षण गर्नुपर्ने, प्राकृतिक स्रोतसाधनको समुचित किसिमले प्रयोग गरी संरक्षण गर्ने, औद्योगिकीकरण तथा शहरीकरण गर्दा वातावरणीय प्रभावलाई ध्यान दिनुपर्ने, क्लोरोफ्लोरोकार्बन र मिथेन जस्ता विषालु ग्याँसको उत्पादनमा रोक लगाउनुपर्ने, किटनाशक औषधि र रसायनको प्रयोग कम गर्दै जानुपर्ने र यातायातका साधनको प्रदूषण कम गर्दै जानुपर्ने देखिन्छ ।

वातावरणीय सन्तुलन कायम राख्न र त्यसको सुरक्षा गर्नुलाई वातावरण संरक्षण भनिन्छ । जसले वातावरणको व्यवस्थापन गर्न सघाउ पुर्याउँछ । वातावरणको सिर्जना यस पृथ्वीमा रहेको जीवजगत र प्राकृतिक सम्पदाको संयोगबाट हुने भए पनि यसको संरक्षणमा मानवजातिको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले वातावरण सन्तुलन राख्नु हामी सबैको कर्तव्य हो । वातावरणीय सन्तुलनको चेतना बढाउने, भौतिक विकासको क्रियाकलापबाट वातावरणमा प्रतिकूल असर पर्न नदिने र यसको संरक्षणमा विशेष जोड दिन नागरिक सहकार्य जरुरी हुन्छ । वातावरणीय क्षतिबाट हुनसक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ र स्वस्थ वातावरण कायम गर्नु पर्दछ ।संसारका प्राणीहरुमध्येको विवेकशील प्राणी मानव नै भएकाले वातावारणलाई जोगाउने दायित्व पनि उसकै हातमा छ । मानव लगायत अन्य प्राणीको जीवन वातावरणमै भरपर्ने हुनाले वातावरणंको संरक्षण गर्नु अत्यावश्यक छ । प्राकृतिक सम्पदाहररुलाई जोगाई वातावारण संरक्षण गर्नु सबैका निम्ति हितकर छ ।

वातावरणको सन्तुलनमा हामी आ-आफ्नो समुदायबाट क्रियाशील हुनुपर्छ । स्वच्छ वातावरण, स्वस्थ जीवन बाँच्न आ-आफ्नो क्षेत्रबाट प्रयत्न गर्नुपर्छ । हाम्रो मात्र जीवन बाँचेर पुग्दैन भावी सन्ततिले पनि स्वस्थ जीवन बाँच्न पाउनुपर्छ । त्यसका लागि आजैबाट वातावरण सन्तुलन राख्न प्रयन्त गर्नुपर्छ । वातावरणीय सन्तुलन नबिग्रियोस् भन्नका खातिर मानविय व्यवहारमा पनि परिवर्तन गर्न आवश्यक छ । मानिसले भौतिक सुबिधा प्राप्त गर्ने क्रममा प्राकृतिक वातावरणको स्वच्छतामा खलल पुर्याइरहेको हुन्छ । वातावरणअसन्तुलित भएपछि मानिसले आफू पूर्ण स्वस्थ बनेर बच्ने कल्पना गर्नु व्यर्थ हुन्छ । वातावरण सन्तुलित नभएमा मानिस आपंग सरह नै बन्न पुग्दछ । आपंगा भएर बच्न ज्यादै गाह्रो हुन्छ । स्वास्थ्य नै जीवन हो भन्ने कुरा मानवले कदापि बिर्सिनुहुँदैन । मानिस स्वस्थ छ भने जीवनमा धेरै कामहरु गर्न सक्छ । वातावरण स्वच्छ भएमा मात्र मानिस स्वस्थ बन्न सक्दछ भन्ने कुरालाई सबैले आत्मसात गर्नुपर्दछ । वातावरण संरक्षणका लागि कन्जुस्याइँ गर्नुहुदैन । जुन काम गर्दा वातावरणमा प्रतिकूल असर पर्छ, त्यस्ता काम बिर्सेर पनि गर्नुहुँदैन ।असंतुलित वातावरण मानवजतिको सर्वनाशको जड भएकाले वातावारणलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ। जीवनको स्वस्थताका निम्ति स्वच्छ वातावारण संरक्षणका लागि व्यक्ति, समाज र विश्व नै सचेत बन्नुपर्ने आवश्यकता टड्कारो देखा पर्छ । त्यसैले सबै मिलेर वातावरणको संरक्षण गर्नु आजको आवश्यकता नै हो ।

हाम्रो सोच विचार वातावरणमा निर्भर गर्छ । मानिसको स्वस्थ र सन्तुष्ट सोचका लागि वातावरण स्वच्छ हुन अत्यन्त आवश्यक पर्छ । जीवनमा महानतम विचारको स्रोत उपयुक्त वातावरण हो । सर्व विकास हुन मानवको शारीरिक, मानसिक र सामाजिक विकास हुन आवश्यक पर्छ । यसका लागि जैविक विविधताको संरक्षण गर्नुपर्ने, प्राकृतिक स्रोतसाधनको समुचित किसिमले प्रयोग गरी संरक्षण गर्ने, औद्योगिकीकरण तथा शहरीकरण गर्दा वातावरणीय प्रभावलाई ध्यान दिनुपर्ने, क्लोरोफ्लोरोकार्बन र मिथेन जस्ता विषालु ग्याँसको उत्पादनमा रोक लगाउनुपर्ने, किटनाशक औषधि र रसायनको प्रयोग कम गर्दै जानुपर्ने र यातायातका साधनको प्रदूषण कम गर्दै जानुपर्ने देखिन्छ । यति मात्र होइन, वातावरणीय शिक्षाको व्यापक प्रचार–प्रसार गरी जनचेतना अभिवृद्धि गर्नुपर्ने देखिन्छ । यो पृथ्वीजगतमास्वच्छ र स्वस्थ सन्तुलित वातावरण हुन अत्यन्त आवश्यक पर्छ । स्वच्छ विचारबाट स्वस्थ शरीरको निर्माण हुन सक्छ अनि स्वस्थ शरीर र असल विचारबाटै अपेक्षित सन्तुष्टि प्राप्त गर्न सकिन्छ । मानवीय, सामाजिक, आर्थिक तथा समुन्नत विकासमा सन्तुलित वातावरणको भूमिका रहन्छ । तसर्थ, सन्तुलित वातावरणीय प्रकृतिसँग हाम्रो सम्बन्ध घनिष्ठतम् बनिरहोस ।

रेग्मी प्रहरी नायव उपरीक्षक (डिएसपी) हुनुहुन्छ
सुझावको लागि [email protected]

प्रतिक्रिया दिनुहोस्
विशेष

सोल्टी होटलका ५५ जना कर्मचारीलाईपनि क्वारेन्टाइनमा राखिएको छ ।

आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

काठमाडौं। अब मास्क नलगाई हिड्नेहरु पक्राउ पर्ने भएका छन् । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन…

काठमाडौं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले असार २२ गते अर्थात आज बोलाइएको नेकपा स्थायी समिति बैठक २४ गतेसम्मका…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले आफूहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मात्रै…