संक्रमितको संख्या थपियो, सयौं पुग्यो । दैनिक भइरहेछ ‘कोरोनाको फोन’...६ महिना बढी भइसक्यो, अझै सकिएको छैन ‘कोरोनाको फोन’...पैसा कमाउन छोडेर मानिसहरु घरभित्र लुकेर बसेका छन् र भन्छन् बाँचेपछि कमाइएला, आखिर बाँच्नु नै त रहेछ जिन्दगी ! यसो भन्दै आइरह्यो ‘कोरोनाको फोन’...कोरोना एउटा विश्वयुद्ध नै बनिदियो ।
रोग भन्ने कुरा जब अर्काको घरमा फैलिन्छ, तब मानिस आरामका साथ उसको चियोचर्चाेको मात्र कुरा गर्छ, जब आफ्नै घरमा आइपुग्छ, तब संसार नै आफैमाथि मात्र खनिएको जस्तो ठान्छ । यही उदाहरण हो, कोरोना भाइरस अर्थात् कोभिड–१९ । पहिला सन् २०१९ डिसेम्बर ३१ मा चीनको वुहान शहरबाट एक रुघाखोकी एवं निमोनियाको भाइरस फैलियो रे भन्दै हामी सबै त्यसलाई वास्ता नगरी बस्थ्यौं । क्रमशः मानिसको ज्यान लिँदै गयो । ओहो ! यो त ज्यान लिने भाइरस रे भन्दै गयौं । भाइरस त्यहाँमात्र सिमित रहेन, अन्यत्र मुलुकमा फैलिन थाल्यो । हामी अपडेट र मानिसको संक्रमणसँगै मृत्युको संख्या गन्न थाल्यौं । यसले विश्वव्यापी महामारीकै रुप लिदै गयो । हामी मजाकमा विज्ञान फेल खायो रे गणितले चाहिँ काम गरिरहेको छ भन्न थाल्यौं । किनकी मृतक र संक्रमितको संख्या हामी आफै दिनदिनै गनिरहेका थियौं । तर उपचार भने आइपुगेन ।
यहीबीच नेपालमा पनि कोरोना संक्रमण देखिसकेको थियो । एक कान दुई कान हुँदै त्रास पनि फैलिसकेको थियो । हिजो मजाक गरेर खिसिटिउरी गर्ने हामी त्रासमा बदलिसकेका थियौं । त्यतिबेलाबाटै शुरु भयो कोरोनाको फोन, मम्मीलाई फोन गरेँ । रिङ ब्याक टोन आयो, ‘कोभिड १९ का मुख्य लक्षणहरु ज्वरो आउने, थकाई लाग्ने र सुख्खा खोकी आदि हुन् । यसबाट बच्न आफू र अरुलाई सुरक्षित राख्न गुणस्तरीय स्यानिटाइजर वा साबुन पानीले नियमित हात धुनुहोस्, खोक्दा हाच्छिउँ गर्दा मुख र नाकलाई कुहिनाले वा टिस्युले राम्ररी छोप्नुहोस् । भिडभाडमा जाँदा मास्क प्रयोग गर्ने तथा खोकिरहेको व्यक्तिबाट कम्तिमा ३ फिट पर बस्नुहोला । यदि तपाईमा यस्तो लक्षण देखेमा तुरुन्त स्थानीय स्वास्थ्य संस्था वा अधिकारीले दिएको सल्लाह सुझावलाई पालना गर्नुहोस्, नेपाल टेलिकम, राष्ट्रको सञ्चार ! कोभिड–१९ का मुख्य लक्षणहरु ज्वारो आउने...’ माफ गर्नुहोला तपाईले डायल गर्नुभएको नम्बर उठेन कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला ।’ फेरी फोन गरेँ, रिङ ब्याक टोन दोहोरियो । केही समयको प्रयासपछि फोन उठ्यो । हेल्लो...मम्मीले भन्नुभयो...कान्छा सञ्चै छस्...मैले भनेँ हजुर मम्मी सञ्चै छु...हजुरलाई, बुवालाई कस्तो छ ? ...अँ अहिलेसम्म त सञ्चै छौं, तर खै के हुने हो ? यो कोरोना भन्ने भाइरसले विदेशतिर मान्छे मरेको मर्यै छन् भन्छन्, नेपालमा पनि आइसक्यो रे ! अलि विचार गर है । हस् मम्मी...अरु घरायासी कुरा धेरै भए फोन राखियो । साथीहरु, आफन्त, सामाजिक सञ्जाल सबैतिर कोरोना आतंक फैलिसकेछ । सबैको आउँछ ‘कोरोनाको फोन’ ।
समाचारमा यती मर्यो उती मर्यो भन्दै ‘कोरोनाको फोन’, कतै शव अन्त्येष्टि गर्ने ठाउँ छैन भन्दै ‘कोरोनाको फोन’, वृद्धवृद्धा राख्ने केन्द्रहरु नै खाली भए रे भन्दै ‘कोरोनाको फोन’, उपचारमा संलग्न डाक्टर नै मरे रे भन्दै ‘कोरोनाको फोन’, कोरोनाको इपिसेन्टर बन्यो रे इटली भन्दै ‘कोरोनाको फोन’, अब अमेरिका इपिसेन्टर बन्यो रे भन्दै ‘कोरोनाको फोन’, हजार हुँदै लाखको मृत्यु भयो रे भन्दै ‘कोरोनाको फोन’, अब डाक्टरको ज्वरो गेटमा बस्ने गार्डले नाप्न थाले रे भन्दै ‘कोरोनाको फोन’...लाग्थ्यो यो फोन नै अफ गरेर सदाका लागि बन्द गरिदिउँ कि ‘कोरोनाको फोन’...!
सबैको भनाइ एउटै हुन्थ्यो, सुरक्षित बसौं...केही समयपश्चात् निको होला । चीनको वुहान शहरबाट हवाई यात्रा गरेर नेपाल भित्रिएको कोरोनाले नेपालमा त्रास फैलाईसकेको थियो । फेरि आयो ‘कोरोनाको फोन’...कोरोना नेपाल भित्रिइसक्यो रे सुरक्षित बसौं । दिनचर्या यस्तो भइसक्यो कि अब त फोन आयो कि लाग्थ्यो उ अब फेरि आयो ‘कोरोनाको फोन’...समाचारमा यती मर्यो उती मर्यो भन्दै ‘कोरोनाको फोन’, कतै शव अन्त्येष्टि गर्ने ठाउँ छैन भन्दै ‘कोरोनाको फोन’, वृद्धवृद्धा राख्ने केन्द्रहरु नै खाली भए रे भन्दै ‘कोरोनाको फोन’, उपचारमा संलग्न डाक्टर नै मरे रे भन्दै ‘कोरोनाको फोन’, कोरोनाको इपिसेन्टर बन्यो रे इटली भन्दै ‘कोरोनाको फोन’, अब अमेरिका इपिसेन्टर बन्यो रे भन्दै ‘कोरोनाको फोन’, हजार हुँदै लाखको मृत्यु भयो रे भन्दै ‘कोरोनाको फोन’, अब डाक्टरको ज्वरो गेटमा बस्ने गार्डले नाप्न थाले रे भन्दै ‘कोरोनाको फोन’...लाग्थ्यो यो फोन नै अफ गरेर सदाका लागि बन्द गरिदिउँ कि ‘कोरोनाको फोन’...!
हुँदाहुँदा नेपालमा संक्रमितको संख्या थपियो, सयौं पुग्यो । दैनिक भइरहेछ ‘कोरोनाको फोन’...६ महिना बढी भइसक्यो, अझै सकिएको छैन ‘कोरोनाको फोन’...पैसा कमाउन छोडेर मानिसहरु घरभित्र लुकेर बसेका छन् र भन्छन् बाँचेपछि कमाइएला, आखिर बाँच्नु नै त रहेछ जिन्दगी ! यसो भन्दै आइरह्यो ‘कोरोनाको फोन’...कोरोना एउटा विश्वयुद्ध नै बनिदियो । एउटा युद्धमा मानिस सबै कुरा छोडेर शत्रुबाट आफ्नो ज्यान जोगाउन लुकेर जुन पर्यत्न गर्छ, आज कोरोना भाइरसको संक्रमण फैलिन नपाओस् भनेर मानिस त्यसरी नै लुकेर ज्यान जोगाइरहेछन्, र त गर्छ ‘कोरोनाको फोन’...।
मानिसले आत्मबल दह्रो पारेर शरीरमा रोग प्रतिरोधी क्षमता बढाएमा कोरोना भाइरस लागेपनि त्यसलाई जित्न सकिने रहेछ । विश्व नै छोइछिटोमा फर्किएको बेला त्रुटिरहित भनिने चिकित्सा विज्ञान पनि महिनौंसम्म साबुन पानीमा सिमित बनिरहेको छ ।
देशमा संक्रमण, आर्थिक, सामाजिक सबै गतिविधि बन्द, ज्यान जोगाउने जोहोमा जहानहरु, घरभित्रबाट घामलाई घुरेर हेर्ने, कोही कहीँ कराए सर्छ कि भन्ने झन् अर्काे डर, साबुन पानीले हात धुने, मास्क स्यानिटाइजरको प्रयोगमा जोड, वृद्ध आमा भन्नुहुन्छ, ‘कहिल्यै नलगाएको मास्क मर्ने बेला मुख थुन्न आयो !’
समयक्रमसँगै कोरोनाको कारण नेपालमा एकको मृत्यु भन्ने समाचार आयो । अनि झन् फैलियो त्रास । मानिसलाई आफू मरिएला कि भन्ने पहिलो त्रास । म मरेपछि यो संसारमा के होला ? भन्ने दोस्रो त्रास । सबैतिर त्रास नै त्रास । मानौं कोरोना लागेर मानिस मर्नुभन्दा नि त्रास नै त्रासले मानिस मर्न लागिसके । हुँदाहुँदा यो त्रास भन्ने शब्द नै त्रासले भाग्ला भन्ने त्रास भैसक्यो ।
उठ्यो, ‘कोरोनाको फोन’, बस्यो ‘कोरोनाको फोन’, सुत्यो ‘कोरोनाको फोन’, विस्तारै निको हुनेको संख्या बढ्दै जान थाल्यो । मानिसको आत्मबल बढ्दै गयो । अनि फेरी आउँछ ‘कोरोनाको फोन’ । मानिसले आत्मबल दह्रो पारेर शरीरमा रोग प्रतिरोधी क्षमता बढाएमा कोरोना भाइरस लागेपनि त्यसलाई जित्न सकिने रहेछ । विश्व नै छोइछिटोमा फर्किएको बेला त्रुटिरहित भनिने चिकित्सा विज्ञान पनि महिनौंसम्म साबुन पानीमा सिमित बनिरहेको छ । सधैँ साबुन पानीले हात धोऔं भन्ने सन्देश विश्वव्यापी फैलिरहेछ र त आउँछ ‘कोरोनाको फोन’।
विद्यालय कहिले खुल्छ भन्दै ‘कोरोनाको फोन’, स्कूल , कलेजले अनलाइन कक्षा सञ्चालन गर्ने रे भन्दै ‘कोरोनाको फोन’, अनलाइन कक्षा सञ्चालन गरेको पैसा चाहियो भन्दै ‘कोरोनाको फोन’, कोरोना बाहेक अन्य उपचार गर्न कहिले पाइन्छ भन्दै ‘कोरोनाको फोन’, लकडाउनका कारण भोकै परेको पेट कहिले भरिन्छ भन्दै ‘कोरोनाको फोन’, काम गरेर पेट पालौंला भन्दै ‘कोरोनाको फोन’, उद्योगधन्दा सञ्चालन नगर्ने हो भने रोजगारी, भोकमरीसँगै आर्थिक संकट निम्तन्छ भन्दै ‘कोरोनाको फोन’, विश्वमै शक्तिशाली काम कृषि कर्म रहेछ भन्दै ‘कोरोनाको फोन’, बाटाघाटा कहिले खुल्छ भन्दै आउँछ ‘कोरोनाको फोन’, विकासका काम कहिले शुरु हुन्छ भन्दै ‘कोरोनाको फोन’, बजार कहिले खुल्छ र सहज हुन्छ भन्ने आउँछ ‘कोरोनाको फोन’, छिमेकी देशले आफ्नो भूमि अतिक्रमण गरेर रक्तसञ्चारमा आगोको ज्वाला दनदनी बलिरहँदा पनि आइरहन्छ ‘कोरोनाको फोन’...यो सबैतिरको फोन आउँदा आफ्नै हातको मोबाइल नै लाग्थ्यो ‘कोरोनाको फोन’ । एक ठाउँबाट अर्काे ठाउँमा कुरा गर्दा नसर्ने भएर नै बन्द भएन ‘कोरोनाको फोन’ ।
कोरोनाको फोन मानिसमा त्रास होइन, कोरोनालाई परास्त गर्दै जितेर मान्छे बाँच्छ भन्ने रिङ ब्याक टोन कुरिरहेछ । जुन मैले ममीलाई फोन गर्दा उठेन भने सुन्न पाउनेछु । सबैलाई भन्न पाउनेछु कोरोनालाई मानिसले जिते, अब उ इतिहासको पानामा सिमित भइसक्यो, त्यस्तैमा सकिनेछ, ‘कोरोनाको फोन’।
फेरि अहिले त कोरोनाको महामारी भन्दा पनि गलत सूचनाको महामारीबाट बच्न झनै कठिन बन्न थालिसकेको छ । कुनै सूचना आउनासाथ सामाजिक संजालहरु फेसबुक, ट्विटर, ह्वाटस्टप, यूटुबबाट शेयर गर्ने हाम्रो गलत संस्कारले पनि बढाइरहेछ ‘कोरोनाको फोन’ । यो भन्न सक्नुपर्छ, अलिकति पनि शंका लागेमा त्यस्ता गलत सूचनाका महामारीलाई त्यहीँ छोड्ने परम्पराको विकास गर्ने मानव बन्न सक्नुपर्छ । ती सूचना कतिको विश्वसनीय छ भन्नेमा पहिला आफैं ढुक्क बन्नुहोस् । हावादारी छन् कि भन्नेबाट बच्नुहोस्, अनि न कम हुन्छ ‘कोरोनाको फोन’ । मनमा कुाउकुती लाग्ने, आवेग उत्पन्न गराउने कुनैपनि सूचना गतिला हुँदैनन् भन्नेमा अबदेखि ध्यान दिने बानीको विकास गरौं । सामाजिक सञ्जालको दुरुपयोग होईन, सदुपयोगमा लागौं । यहाँ क्लिक गर्नुहोस्, यो शेयर गर्नुहोस् भन्ने सूचनाहरुलाई वास्ता गर्न छोडिदिऊँ । अनि लाग्दैन डर र अनि बढ्दैन ‘कोरोनाको फोन’ । ! कुनै सूचनाले कस्तो प्रकारको संवेग आउँछ भन्ने विषय महत्वपूर्ण छ । हेरौं न करिब चार महिना अगाडि नेपालमा कोरोना भित्रिँदैन भन्नेहरु वा गर्मी लागेपछि कोरोनाको संक्रमण फैलिदैन भन्नेहरु जसले आवेग र संवेग आउने सूचना प्रवाह गरे ती फेल खाए, कोरोनाबाट सचेत बनौं, सुरक्षित बसौं भन्नेहरुले जिते । नचाहिँदा सूचना फ्याँक्ने, चाँहिदा सूचना संग्रह गर्ने र अरुलाई काम लाग्ने सूचना बनाउने जिम्मा तपाईको हो । र निमिट्यान्न पार्न लाग्नुहोस्, ‘कोरोनाको फोन’ ।
अनुभवले धेरै कुरा सिकाउँछ । अब त सबैले कोरोना कोरोना भन्दा भन्दै वाक्क लागिसक्यो । वाक्क लागेर पनि के गर्नु, उपचार विधि र औषधि पत्ता नलाग्दासम्म कोरोनाको संक्रमण सक्किएला जस्तो छैन । सबैभन्दा ठूलो कुरा मानिसलाई हात धुन सिकायो । स्वास्थ्यप्रति सचेत बन्न सिकायो । आफूदेखि आफैंलाई सुरक्षित बन्न सिकायो । अरुबाट सुरक्षित बन्नुपर्छ भन्ने सिकायो । वातावरण सफा राख्नुपर्छ भन्ने सिकायो । अहिले ‘कोरोनाको फोन’ सचेत रहौं र सुरक्षित बसौं भन्नेमा प्रयोग भइरहेछ । मानिसले खानुपर्ने खाना, गर्नुपर्ने काम र अपनाउनुपर्ने साबधानी, दैनिक जीवनयापनका कुरा सिकाउन प्रयोग भइरहेछ । कोरोनाको फोन मानिसमा त्रास होइन, कोरोनालाई परास्त गर्दै जितेर मान्छे बाँच्छ भन्ने रिङ ब्याक टोन कुरिरहेछ । जुन मैले ममीलाई फोन गर्दा उठेन भने सुन्न पाउनेछु । सबैलाई भन्न पाउनेछु कोरोनालाई मानिसले जिते, अब उ इतिहासको पानामा सिमित भइसक्यो, त्यस्तैमा सकिनेछ, ‘कोरोनाको फोन’।
विश्व नै छोइछिटोमा फर्किएको बेला त्रुटिरहित भनिने चिकित्सा विज्ञान पनि महिनौंसम्म साबुन पानीमा सिमित बनिरहेको छ । सधैँ साबुन पानीले हात धोऔं भन्ने सन्देश विश्वव्यापी फैलिरहेछ र त आउँछ ‘कोरोनाको फोन’।