काठमाडौं । नेपालमा शुक्रबार २ सय ७८ कोरोना संक्रमित थपिएका छन् ।
थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै मुलुकमा संक्रमितकाे संख्या २ हजार ९ सय १२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार थप ४३ जनाले कोरोनालाई जितेर अस्पतालबाट घर फर्किएको जानकारी दिनुभएको छ । योसँगै मुलुकमा कोरोनालाई जित्नेको संख्या ३ सय ३३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा २ सय ७८ जनामा कोरोना संक्रमण फेला परेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । जसमध्ये २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका ८, झापाका १ र मोरङका ६ गरी कुल १५ जनाको संक्रमण फेला परेको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाचीका १ जना, नवलपरासीका १ जना, पाल्पाका १ जना र रुपन्देहीका १८ जना गरी २२ जना, त्रिजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र प्रयोगशाला हेटौडामा सिन्धुलिका २ जना र बाराका २ जना गरी ४ जना, गण्डकी प्रदेशमा रहेको प्रयोगशालामा तनहुँका २ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा भोजपुरका ५ जना, झापाका १ जना र सुनसरीका १३ जना गरि १९ जना, सेती अस्पतालमा कैलालिका ४ जना, अछामका १ जना, बझाङका १ जना र डडेल्धुराका ५ जना गरी ११ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।
त्यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रामेछापका १७ जना र काभ्रेका ५ जना गरी २२ जना, कोसी अस्पतालमा झापाका १० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा दैलेखका ९० जना, जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलखाका १ जना रामेछापका १ जना र गोरखाका १ जना गरी ९७ जनामा संक्रमण फेला परेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरीएको परीक्षणमा सुर्खेतका १ र दाङका १ गरी २ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका १ जना, धनुसाका ४ जना, गुल्मीका १ जना, कपिलवस्तुका ४४ जना, कास्कीका १ जना, महोत्तरीका १७ जना र रौतहटका ६ जना गरी ७४ जनामा कोरोना संक्रमण पोजेटिभ पाइएको छ ।
पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । यससँगै अहिले सम्म संक्रमण भई निको हुनेको संख्या ३ सय ३३ पुगेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ३२ पीसीआर प्रविधि र आरडिटी विधिबाट ७ हजार ४ सय २ जनाको परीक्षण भएको छ । अहिले सम्म ८८ हजार ३ सय ६६ पीसीआर परीक्षण भएको छ भने १ लाख २९ हजार ९ सय ६६ आरडिटी परीक्षण भएको छ ।
देशभर १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहका छन् । जसमध्ये प्रदेश नम्बर १ मा ४ हजार ५९ जना, प्रदेश २ मा २१ हजार ३ सय ६३, गण्डकी प्रदेशमा ३ हजार ५ सय ७७, गण्डकी प्रदेशमा ५ हजार ४ सय ४२ जना, प्रदेश ५ मा ४० हजार १ सय ४६, कर्णाली प्रदेशमा ३१ ह्जार ९ सय ५२ जना र सुदूरपस्चिम प्रदेशमा ६० हजार २ सय २६ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश १ मा १ सय ६६, प्रदेश २ मा ८ सय ७१, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा ५४, प्रदेश ५ मा ८ सय ६९ जना, कर्णाली प्रदेशमा ४ सय ७५ र सुदूरपस्चिम प्रदेशमा ८३ जना गरी कुल २ हजार ५ सय ६८ जना आइसोलेसनमा रहेका छन् ।
अहिलेसम्म प्रदेश १ का १२ जिल्लामा २ सय ४२ जना, प्रदेश २ का ८ जिल्लामा ९ सय ९३ जना, बागमती प्रदेशका १२ जिल्लामा ८५ जना, गण्डकी प्रदेशका ९ जिल्लामा ५७ जना, प्रदेश ५ को ११ जिललमा ९ सय ६५ जना, कर्णाली प्रदेशको ७ जिल्लामा ४ सय ७९ जना र सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा ९१ जनामा संक्रमण फेला परेको छ ।