Logo आश्विन १३, २०७७ मंगलबार


विनियोजित बजेटको मन्त्रालयगत छलफल शुरु

काठमाडाैं । प्रतिनिधिसभामा संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८ को विनियोजित बजेटको मन्त्रालयगत छलफल शुरु भएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानी मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजित बजेटमाथि छलफल भएको हो ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र युवा तथा खेलकूद मन्त्रालयका लागि विभिन्न शीर्षकमा विनियोजित बजेटमाथि सांसदहरुले आ–आफ्नो धारणा राखेका छन् । यी मन्त्रालयमा विनियोजित गरेको खर्चका सम्बन्धमा सांसदहरुबाट ११ वटा खर्च कटौतिको प्रस्ताव दर्ता भएका छन् । सांसदहरुले मन्त्रालयले अघि सारेका कार्यक्रम र त्यसको प्रभावकारिता तथा क्षेत्रगत रुपमा विनियोजित बजेटले न्याय र समानताको प्रत्याभूति गर्न नसकेको भन्दै खर्च कटौति गर्न माग गरेका थिए ।

सांसदहरुले सरकारले कोही भोकै पर्दैन, कोही भाेकै मर्दैन भने पनि खान नपाएर आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएकोमा सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद प्रेम सुवाल र दुर्गा पौडेलले शुक्रबारको बैठकमा छलफल भएका सबै मन्त्रालयका लागि विनियोजित खर्च रकम घटाईयोस् भनी खर्च कटौतिको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।