Logo आश्विन १३, २०७७ मंगलबार


बझाङमा थप ६ जनामा कोरोना देखियो

आशिष बहादुर सिंह
बझाङ । खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमित संख्या ७ पुगेको छ । संक्रमित मध्ये १ जनाको उपचार जारी छ ।

संक्रमित हुनेहरुमा ७०, ५७, ३८, २५ वर्षीय पुरुष र दुई जना ४० वर्षिया महिला रहेका छन् । उनीहरुमध्ये ५ जना भारतको दिल्लीबाट एक साता अघि स्वद्श फकिृएको र एक जना २५ वर्षिय पुरुष २ साता अघि काठमाडौंबाट आएको जिल्ला अस्पतालका कोरोना फोकल प्रर्सन डाक्टर मिलन खड्काले जानकारी दिनुभयो ।

२ दिन अघि उनीहरुसँगै रहेका २० जनाको नमुना स्वाब संकलन गरिएको थियो । नमुना स्वाब संकलन गरिएका २० मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमितहरुलाई खप्तडछान्ना गाउँपालिकाले बनाएको आइसोलेसनमा राखिने भएको छ ।

खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्क रोकायाका अनुसार हाल खप्तडछान्ना गाउँपालिका भर ३५० जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।