१९ स्वास्थ्यकर्मीलाई क्वारेन्टाइानमा राखिएपछि तीन दिनदेखि सेवा प्रभावित

काठमाडौं । जिल्ला अस्पताल बैतडीको सेवा तीन दिनदेखि प्रभावित भएको छ । अस्पतालमा सुत्केरी भएकी एक महिलाको आरडिटी पोजेटिभ आएपछि ती महिलाको सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइानमा राखिएपछि सेवा प्रभावित भएको हो ।

उच्च ज्वरोका साथै शङ्कास्पद लक्षण देखिएकी ती महिलाको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि प्रत्यक्ष सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । यही जेठ २० गते राति शल्यक्रियामार्फत जिल्ला अस्पतालमै बच्चा जन्माएकी दोगडाकेदार–६ सित्तड घर भएकी ती महिलामा बुधबार जाँच गर्दा १०५।१ डिग्री फरेनहाइट ज्वरो देखापरेपछि आरडिटी गरिएको हो । नवजात शिशुको भने आरडिटी रिपोर्ट नेगेटिभ आएको छ ।

ती महिलाको शल्यक्रियामा संलग्न र अन्य सम्पर्कमा रहेका स्वास्थ्यकर्मीलाई पनि सेल्फ क्वारेन्टिनमा बस्न भनिएको प्रमुख डा जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा आउने अरु बिरामी जाँच र अरुको सम्पर्कमा नजाने गरी सेल्फ क्वारेन्टिनमा बस्न भनेका हाँै”, उहाँले थप्नुभयो, “१९ स्वास्थ्यकर्मीले क्वारेन्टिनमा बस्दा सेवा पनि प्रभावित भएको छ, ती महिलाको पिसीआर पोजेटिभ आयो भने झनै समस्या हुने देखिन्छ ।”

आरडिटी पोजेटिभ ती महिलाको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको छ । पिसीआर परीक्षणपश्चात मात्रै महिलामा कोरोना भए÷नभएको थाहा हुने जनाएको छ । ती महिलालाई जिल्ला अस्पतालकै आइसोलेसनमा राखिएको छ । १९ वर्षीया महिला जेठ १९ गते जिल्ला अस्पतालमा भर्ना भएकी हुन् । सामान्यतया ४० हप्तामा बच्चा जन्मिने भए पनि ती महिलालाई ४३ हप्ता भइसक्दासमेत पेटको पानी सुकेर ब्यथा नलाग्ने समस्या रहेको डा जोशीको भनाइ छ । यसैबीच बैतडीको पाटन नगरपालिका–८ का ३१ वर्षीय कोरोना सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

घाइते सबैको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले कुटपिट गरेका ६ मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सप्तरी प्रहरीमा पनि कोरोना संक्रमणको त्रास बढेको छ ।

काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधि बिक्रीवितरणमा रोक लगाएको छ । विभागले न्यून गुणस्तरको रहेको जनाउँदै लोमस फर्मास्युटिकल्स…

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् ।

तामाङको घरमा खानतलासी गर्दा जानकारी अनुसार भरुवा बन्दु फेला परेको प्रहरीको भनाइ छ ।