लकडाउनका ७५औं दिन, उपत्यकामा सवारी चाप बढ्याे

काठमाडौं । सरकारले जारी गरेको लकडाउनको आज ७५ दिन पुगको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । सरकारले लकडाउनलाई जेठ मसान्तसम्म लम्ब्याएको छ ।

लामो समयसम्म लकडाउन भएपछि जनजीवनसँगै आर्थिक जीवनमा समेत असर पर्न थालेका कारण केहीदिन यता मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कन थालेका छन् । जसका कारण काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप बढेको छ ।

शनिबार बिदाको दिन भएको र पानी समेत परेकाले उपत्यकामा सवारी चाप केही कम देखिएको छ । उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी चाप कम भएको पाइएको हो । प्रहरीले विभिन्न ठाउँमा चेकजाँचलाई कडाई पारेको छ । अत्यावस्यक सेवा र सवारी पास नलिई हिँडने सवारीलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ ।

उपत्यकाका भित्रि सडकमा पनि सवारी साधन र मानिसहरुको आवागमन देखिन्छ । केही खाद्य सामग्रीका पसलहरु खुलेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गरिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…