३५ हजार नगदसहित वडा कार्यालयमा चोरी

सनिउल्ला धोवी
कपिलवस्तु । महाराजगञ्ज नगरपालिका वडा नम्बर ७ कुशहवाको वडा कार्यालयमा चोरी भएको छ । गएराति वडा कार्यालयको झ्याल तोडेर कार्यालयको दराज तोडफोड र कागजात समेत च्यातिएको अवस्थामा रहेको वडाध्यक्ष मोहम्मद अब्दुल समाद मुसलमानले जानकारी दिनुभयो ।

कुशहवा गाँउको पूर्व एकान्तमा रहेको वडा कार्यालयमा राति चोरी भएकाले बिहान स्थानीयको खबरपछि प्रहरीलाई खबर गरेको अध्यक्ष मुसलमानले जानकारी दिनुभयो ।

कार्यालयको दराजमा राखिएको मालपोल दस्तुर र राजस्वबाट संकलन भएको नगर ३५ हजार चोरी भएको वडा सचिव राकेश चौवेले जानकारी दिनुभयो । एक महिनादेखि संकलन भएको राजस्व वडा कार्यालयमै राखिएकाले सेनेटाईजर १ सय थान, साबुन १२० थान, मास्क १ सय चोरले लगेको वडा सचिव चौवेले बताउनुभयो ।

प्रहरी चौकी बढनीका प्रहरी सहायक निरीक्षक विनय श्रीवस्तावले चोरी गर्ने गिरोहको खोजीकार्य जारी राखेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।