विपद् र छिमेक

हिजो
———
जब विपद् सुटुक्क आयो
उपल्लारे सानेले चाल पायो
खैलाबैला मच्चियो !
विपद् चानचुने थिएन
चौतर्फी गुहार लगायो
विपद् आयो !  विपद् आयो !
अहँ। कसैले सुनेन
आफ्नो बर्कत र औकातले
सामना गरेर देखायो
छिमेकी सेतेले मजाक उडायो !
ओंठ लेप्राउदै कुहिना मड्कायो ।
सम्झ्यो म त शहंशाह
तेस्ता झुसे विपद्
मलाई के वास्ता
परे त्यसैलाई परोस्
भन्यो – ‘बल्ल खायो’ ।
घमण्ड र उन्मादले चुलिएको
मानवताहLन बैगुनी न हो !

आज
———

जब  विपद् सूचना दिएर आयो
ढोल बजाएर आयो
संसार घुमेर विपद्
आफ्नै सरहदभित्र आयो ।
अनि मात्र सेतेले चाल पायो ।
मेरो जेट, मेरो रकेट , मेरो क्षेप्यास्त्र
मेरो अणु, मेरो परमाणु, मेरो बैभव
आलिसान भवन, टावर, कोठा चोटा
जमिन आसमान समुन्दर
कता जाउँ कता लुकूँ
कहॉं छ मेरो शक्ति हँ ?
आफैँलाई लोप्पा ख्वायो
केबल लासै लासको खात
सबै आफ्नै आफ्ना
हा हा कस्तो आपद् ! कस्तो विपद् !
त्राही माम ! त्राही माम !
अझै पनि चेतेको छैन उस्ले
छटपटाउने गर्छ, हिनहिनाउने गर्छ
संसार क़ैद गर्ने यो विपद्
कोरोना नामको बिषाणु
त्यै मोरो छिमेकी
उपल्लारे सानेले पठाको रे
छिमेकी सेतेले तेसै भन्न थालेको छ
आफ्नै आँगन मशानघाट बन्दै गर्दा
अफवाहको अगुल्टो फालेको छ ।

तिनाउ नगरपालिका–१, निलगीरी पथ, रूपन्देही

 

प्रतिक्रिया दिनुहोस्
विशेष

एकै दिन विश्वभर २ लाख २८ हजार १ सय २ कोरोना संक्रमित थपिएको हो ।

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्वार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ ।

गोकर्नेश्वर नगरपालिकाका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बैतडी । लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा…

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…