क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो रंगभेद विरुद्धको आन्दोलनमा सहभागी

काठमाडाैं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो रंगभेद विरुद्धको आन्दोलनमा सहभागी भएका छन् । ओट्टावामा भएको प्रदर्शनमा सहभागि भएर प्रधानमन्त्री ट्रूडोले आन्दोनलप्रति ऐक्यवद्धता जनाएका हुन् । उनले घुँडा टेकेर ऐक्यवद्धता जनाएका थिए ।

शुक्रबार प्रदर्शनमा सहभागी हुने नहुने बारे सोधिएको प्रश्नमा केही जवाफ नदिएका उनी अप्रत्यासित रुपमा ‘नो जस्टिस, नो पिस’ प्रदर्शनमा सहभागी भएका थिए । कालो मास्क लगाएका उनलाई सुरक्षाकर्मीहरुले घेरेर सुरक्षा प्रदान गरेका थिए । प्रदर्शनका क्रममा केही नबोलेका उनी आन्दोलनमा ऐक्यवद्धता जनाउँदै घुँडा टेकेर बसेका थिए ।

प्रदर्शनमा सहभागी भएकामा प्रधानमन्त्री ट्रडोलाई प्रदर्शनकारीले धन्यवाद दिएका छन् । आलोचकहरुले भने उनको यो कार्यलाई ‘पब्लिसिटी स्टण्ड’ भनेका छन् ।

अमेरिकामा एक अश्वेत नागरिकलाई प्रहरीले यातना दिई मारेपछि अहिले अमेरिकाभर रंगभेद विरुद्धमा आन्दोलन चर्किरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो देशमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीका विरुद्धमा रहेका छन् । ट्रम्पसँग कतिपय मुद्दामा विमती राख्ने ट्रडोले क्यानडामा रंगभेदविरोधी प्रदर्शनमा सरिक भएर ऐक्यवद्धता जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।