आईपीएलको तुलनामा पीसीएलको बलिङस्तर उत्कृष्ट

काठमाडाैं । पाकिस्तान क्रिकेटका पूर्व कप्तान वसिम अक्रमले इण्डियन प्रिमियर लिग (आईपीएल) भन्दा पाकिस्तान सुपर लिग (पीएसएल) स्तरीय रहेको प्रतिकृया दिएका छन् । एउटा कुराकानीको क्रममा अक्रमले आईपीएलको तुलनामा पीसीएलको बलिङस्तर सँधै उत्कृष्ट रहेको बताएका हुन् ।

आफ्ना पूर्व सहकर्मी वसित अलिको युटुवमा अन्तरवार्ता दिँदै अक्रमले विदेशी खेलाडी तथा पाकिस्तानी बलरहरुले सँधै पीएसएलको स्तर माथि राखिरहेको बताए । आर्थीक हिसाबले आईपीएल र पीएसएलको स्तर भने तुलनागर्न नसकिने उनले बताए । वासिमले खर्चको आधारमा आईपीएल धेरै माथी रहेको बताए । क्रिकेट पावरहाउस भारत र पाकिस्तानबीच धेरै असमझदारी छन् । यसको प्रत्यक्ष असर क्रिकेटमा पनि देखिएको छ ।

एकदेशको क्रिकेटर अर्को देशमा गएर खेल्न सक्ने अबस्था छैन भने यी दुई देशले सिरिज नखेलेको पनि बषौँ बितिसकेको छ । तर पाकिस्तानी पूर्व खेलाडी अक्रम, सोएव अख्तर, लगायत भने आईपीएलको समयमा भारतमा निकै ब्ययस्त रहन्छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीकाबीच आईपीएल १३ औँ संस्करणको प्रतिक्षामा छ भने पीएसएलको पाँचौँ संस्करण कोरोना प्रभावकै कारण नकआउट चरणमा स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।