डीभी चिठ्ठा २०२१ को नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

काठमाडौं। आर्थिक वर्ष २०२१ को डिभी लोटरीको नतिजा सार्वजनिक भएको छ । न्युयोर्क समयअनुसार दिउसो १२ बजेदेखि डिभी लोटरीको नतिजा चेक गर्न सकिनेछ । गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेकाहरुले आर्थिक बर्ष सन् २०२१ का लागि भरेको डिभी लोटरीको नतिजा २०२१ को सेप्टेम्बरसम्म चेक गर्न सक्नेछन् ।

विजेताहरुले सन् २०२० को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न थाल्नेछन् भने सन् २०२१ को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ । अमेरिकी सरकारले आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेशन नम्बर सन् २०२१ को सेप्टेम्बरसम्म आफूसँग राख्नलाई सुझाव दिएको छ ।

डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो ।
चालु आर्थिक बर्षका लागि डिभी पारेकाहरुले आगामी सेप्टेम्बरसम्म भिसा प्राप्त गरिसक्नु पर्नेछ । अन्यथा यो बर्ष परेको डिभी लोटरी अर्को बर्ष प्रयोग गर्न पाइने छैन । आर्थिक बर्ष २०२२ का लागि भने आगामी अक्टोबरमा डिभी लोटरी खुल्नेछ । डिभी लोटरी अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्ने सबैभन्दा सजिलो तरिका हो ।

आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् 

https://dvprogram.state.gov/

प्रतिक्रिया दिनुहोस्
विशेष

लकडाउनका कारण चैत ११ गतेबाट सार्वजनिक यातायातहरु बन्द रहेका छन् ।

केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

घाइते सबैको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले कुटपिट गरेका ६ मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सप्तरी प्रहरीमा पनि कोरोना संक्रमणको त्रास बढेको छ ।

काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधि बिक्रीवितरणमा रोक लगाएको छ । विभागले न्यून गुणस्तरको रहेको जनाउँदै लोमस फर्मास्युटिकल्स…

कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् ।