चिहान खनेर हड्डी निकाल्ने ३ जना पक्राउ

काठमाडौं । सोलुखुम्बुमा मानिसको हड्डीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ४ पाङमोचेमा चिहान खनेर मानिसको हड्डी निकालेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोलुदुधकुण्ड नगरपालिका ५ का भिम बहादुर तामाङ, सोताङ गाउँपालिका ८ का टेकमान राई र मोलुङ गाउँपालिका १ ओखलढुङ्गाका लाङिमा शेर्पा रहेका छन् । पक्राउ परेका व्यक्तिहरु केहि समयदेखि खुम्बु क्षेत्रमा बस्दै आएको

उनीहरुलाई स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन…

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न…

काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको…

मेष– यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ । वृष– पुरानो लकाममा लाभ पाइनेछ…

काठमाडौं । मृगौला प्रत्यारोपण प्रकरणमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जना पक्राउ परेका छन् । मृगौला…