कर्णालीमा जलविद्युत आयोजनाको अध्ययन गरिने

जुम्ला । कर्णालीमा जलविद्युत आयोजनाको अध्ययन गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ मा कर्णालीमा ५२० मेगावाट जलविद्युत् आयोजनाको अध्ययन गरिने भएको हो ।

सङ्घीय सरकारले प्रदेशको जुम्ला, हुम्ला र डोल्पा जिल्लामा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको छ ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ घोडामौलामा १० मेगावाटको हिमा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका रोजगार संयोजक हंशराज न्यौपानेले बताउनुभयो । उहाँका अनुसार आयोजना अध्ययनका लागि सङ्घीय सरकारले २९ लाख पाँच हजार बजेट विनियोजन गरेको छ ।

त्यसैगरी हुम्लाको १० मेगावाटको दार्म नदी जनविद्युत् आयोजनाका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका इञ्जीनियर माधव प्याकुलले बताउनुभयो । आयोजना अध्ययनका लागि दुई करोड पाँच लाख आठ हजार रकम विनियोजन भएको छ ।

डोल्पाको ५०० मेगावाट जलविद्युत् आयोजनाका लागि सङ्घीय सरकारले पाँच करोड ५८ लाख ८६ हजार रकम विनियोजन गरेको छ । सङ्घीय सरकारले देशभर २३ जलविद्युत् आयोजना अध्ययन गर्नका लागि बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन…

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न…

काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको…

मेष– यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ । वृष– पुरानो लकाममा लाभ पाइनेछ…

काठमाडौं । मृगौला प्रत्यारोपण प्रकरणमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जना पक्राउ परेका छन् । मृगौला…

खाना खाइसकेर ती व्यक्ति शिर झुकाएर फटाफट होटलबाट निस्किए ।