Logo माघ ११, २०७७ आइतबार


राजविराजमा कोरोना परीक्षणका लागि प्रयोगशाला सञ्चालन

विद्यानन्द राम
राजविराज । सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कोरोना भाइरस (कोभिड–१९)को परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश २ को सामाजिक विकास मन्त्रालयबाट खटिएको टोलीले पिसिआर मेसिन जडान गरेपछि आइतबारदेखि औपचारिक रुपमा प्रयोगशाला सञ्चालनमा आएको हो ।

प्रयोगशाला सञ्चालनमा आएसँगै राजविराजस्थित क्वारेन्टाइनमा राखिएका शंकास्पद २२ जनाको स्वाब संकलन गरी परीक्षण शुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासका अनुसार शनिबार राति नै स्वाब परीक्षण प्रक्रियामा राखिएकोले आजै रिपोर्ट आइसक्नेछ ।

अन्यत्रबाट स्वाब रिपोर्ट आउन समय लाग्ने भएकाले शंकास्पद व्यक्तिलाई एक महिनासम्म क्वारेन्टाइनमै राख्नुपर्ने बाध्यता खेप्दै आएका बेला प्रयोगशाला सञ्चालनमा आएपछि कोरोना पहिचान गर्न सहज हुने अस्पतालले जनाएको छ । हाल सप्तरीमा एक हजार ८ सय २ जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

५० वर्षका राई र २० वर्षकी शेर्पाबीचको विवाह अब वर्ग र वर्णरहित आधुनिक नेपाली समाजको प्रतिनिधित्व गरेको भन्दै धेरैले प्रशंसा…

प्रतिनिधि सभा विघटनविरुद्ध अहिलेसम्म भइका संघर्षका समिक्षा, भावि रणनीति तय गर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत…

देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे केही खुल्न नसकेको प्रहरीले बताएको छ ।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो ।

४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ ।

हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस…